arrow

कांग्रेस महाधिवेशनः सानेपामा पौडेल समूहको बैठक, रणनीति बनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २८ सोमबार
Ramchandra-Poudel.jpg
फाइल तस्विर

काठमाडौं । नेपाली कांग्रेसको जारी अधिवेशन प्रक्रियालाई लिएर असन्तुष्ट बनेको कांग्रेस भित्रको रामचन्द्र पौडेल समूहले संस्थापन विरुद्ध थप रणनीति तय गर्दै छ । त्यसका लागि अहिले छलफल गर्न भन्दै पौडेल समूहका नेताहरु पार्टी केन्द्रीय कार्यालय सानेपा भेला भएका छन् । 

उनीहरू सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा बलपूर्वक वडा अधिवेशन गरिएको भन्दै रुष्ट बनेका हुन् । 

पौडेल समूहले बैठकमार्फत आफ्नो समूहको आगामी रणनीति तय गर्ने बताइएको छ । बैठकमा सहभागी हुन वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह , कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु लगायत पार्टी कार्यालय पुगिसकेका छन् । यस्तै गगन थापासमेत बैठकमा सहभागी हुन सानेपा पुगेका छन् । 

बैठकमा डडेल्धुरामा बलपूर्वक वडा अधिवेशन गरिएको, २० जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक नगरिएको लगायतका विषयमा छलफल हुने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ