इस्लामवाद । पाकिस्तानको सरकारी एयरलाइन्स, पिआइएले नियमित रुपमा इस्लामवाद-काबुल उडान पुनःशुरु गर्ने भएको छ । पाकिस्तानको एयरलाइन्स, पिआइएले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने पनि जनाएको छ ।
पाकिस्तान एयरलाइन्सले आइतबार विज्ञप्ति प्रकाशन गरेर सो जानकारी दिएको हो । सो एयरलाइन्सले यसअघि रोकिएको उडान अब सोमबारबाट नियमित रुपमा सुचारु गर्ने जनाएको हो ।
अफगानिस्तानमा तालिबानीले हमला गरेर सत्ता कब्जा गरेपछि पाकिस्तानको यो एयरलाइन्सले पनि आफ्ना सबै उडान बन्द गरेको थियो । त्यसयता यहाँका कैयौँ विदेशी विमान सेवा कम्पनीले उडान बन्द गरेका थिए । तर अरू देशका यी कम्पनीले भने उडान सुरु गरेका छैनन् ।