arrow

ब्रिक्स मुलुकहरूलाई बेवास्ता नगर्न सीको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २४ बिहिबार
xi-marx.jpg

बेइजिङ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विगत १५ बर्षमा ब्रिक्स सदस्य राष्ट्रहरूले पारस्परिक विश्वास बढाउने कार्यलाई पालन गरेको बताएका छन् ।

बिहीबार साँझ भिडियोमार्फत ब्रिक्स मुलुकका नेताहरुको १३ औँ बैठकलाई सम्बोधन गर्दै उनले भने, “उदीयमान अर्थतन्त्र मानिएका ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाले वितेका १५ बर्षमा खुलापन, समावेशीकरण, समान व्यवहार, रणनीतिक आदान–प्रदान र राजनीतिक पारस्परिक विश्वास बढाउने कार्यलाई पालना गरेका छन् । यो सहकार्य विश्वको आर्थिक विकास र राजनीतिक सन्तुलनका लागि महत्वपूर्ण रहेको छ ।” 

उनले पाँच देशहरु बीचको व्यावहारिक सिर्जना, साझा जीत सहयोगमा जोड,सहयोगहरूको बढावा र साझा विकासको बाटोमा अगाडि बढ्ने क्रमलाई जारी राख्ने बताए । 

उनले भने, “पाँच देशहरूबीचको बहुपक्षीयताको समर्थन र वैश्विक शासनमा सहभागी हुँदै ब्रिक्स मुलुकहरू अन्तर्राष्ट्रिय मञ्चमा बेवास्ता नगर्ने एक महत्वपूर्ण शक्ति बनेका छन् ।

आउने वर्ष चीनले ब्रिक्स नेतास्तरीय १४ औँ वार्ताको संयोजन गर्नेछ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर ९ तारिख राति भिडियोमार्फत ब्रिक्सको १३ औँ शिखर वार्तामा भाग लिँदै उक्त कुरा बताएका हुन् ।

ब्रिक्सका सदस्य साझेदारहरूसँग विभिन्न क्षेत्रको सहयोगलाई चौतर्फी गहन पार्दै अझ व्यावहारिक साझेदारी सम्बन्धको निर्माण गर्ने विश्वास चीनले लिएको उनले बताए । यो साझेदारीले चुनौतिहरूलाई संयुक्त रूपमा सामना गरी सुन्दर भाविष्य सिर्जना गर्न सकिनेछ चिनियाँ राष्ट्रपतिले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ