arrow

दोश्रो अन्तरिक्ष यात्री नेपाल आउने

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ असार ३१ शुक्रबार
baj-Adrin-new.jpg.jpeg
 विराटनगर । एभरेष्ट साइन्स सेन्टर सुनसरीमा ४७ वर्ष अघि चन्द्रमामा पाइला टेक्ने दोस्रो अन्तरिक्ष यात्री नेपाल आउने भएका छन् । साइन्स सेन्टरका अध्यक्ष दिलिप अधिकारीले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी निलआमस्ट्रन चन्द्रमामा पुगेका बज एल्ड्रिन आगामी भदौ १९ गते आर्थात जुलाई २१ तारिखमा विराटनगर आउन लागेका हुन् । 
 
एभरेष्ट साइन्स सेन्टर नेपाल, शान्तिवन सीतागञ्जको विशेष कार्यक्रममा बज एल्ड्रिनसँगै उनका छोरा डा.एण्ड्री सहित ६ जनाको टोली आउनु हुने जानकारी दिइएको छ । ४७ वर्ष अघि एपोलो ११ बाट निल आइमस्ट्रोन संग एल्ड्रिन चन्द्रमा पुग्नु भएको थियो ।
 
निलसंग राती १० बजे चन्द्रमा पुगेका एल्ड्रिनले निलले चन्द्रमा पाइला टेकेको १० घन्टा पछि एपोलो विमानबाट ओर्लेर चन्द्रमामा पाइला टेकेका थिए । चन्द्रमामा दोश्रो पाइला टेक्ने एल्ड्रिनलाई एभरेष्ट साइन्स सेन्टरले ल्याउन लागेको हो । 
 
तयारीका लागी ५० लाखभन्दा बढीखर्च लाग्ने अधिकारीको भनाई छ । एल्ड्रिनसंगको अन्तरक्रियाले नेपाली युवाहरुले चन्द्रमाको विषयमा धेरै जानकारी पाउने सेन्टरले जनाएको छ ।
 
साइन्स सेन्टरले अमेरिकास्थित नासासँगको सहकार्यमा बज एल्ड्रिन, एण्ड्रीसँगै नासा अध्यक्ष एलिजावेथ लेवलेन्स, अर्का वैज्ञानिक जोसेफ लेवलेन्स समेतलाई नेपाल ल्याउने तयारी गरेको जनाइएको छ । यस अघि साइन्स सेन्टर नासाबाटै चन्द्रामाको ढुंगा ल्याएर प्रदर्शन गरेको थियो ।
 
साइन्स सेन्टरले विराटनगरका विद्यार्थी, विज्ञानका अध्ययता तथा अध्यापक समेतलाई उनीहरुसंग अन्तरक्रियामा सहभागी गराउने कार्यक्रम राखेको छ । एकैदिन पाँच हजारलाई सहभागी गराई उनीहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ