arrow

७० प्रतिशत अङ्क सहित प्रधानमन्त्री मोदी सबैभन्दा बढी रुचाइएका नेता : सर्वेक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २० आइतबार
modis.JPG

आइएनएन । अमेरिकास्थित तथ्याङ्क सङ्कलन संस्था मोर्निङ्ग कन्सल्टका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका सबैभन्दा लोकप्रिय नेता बनेका छन्। यस तथ्याङ्क सङ्कलन संस्थाले विश्वव्यापी रूपमा सर्वेक्षण र अनुसन्धान गर्दछ। यस संस्थाका अनुसार प्रधानमन्त्री मोदीले ७० प्रतिशत अङ्क प्राप्त गरेका छन्।

सेप्टेम्बर २ तारिखमा संस्थाले गरेको सर्वेक्षणमा प्रधानमन्त्री मोदी फेरि एक पटक सबैभन्दा बढी रुचाइएका नेता बन्न पुगेका हुन्। उनी पछि ६४ प्रतिशत अङ्क सहित मेक्सिकोका राष्ट्रपति लोपेज ओब्राडोर दोस्रो स्थानमा र ६३ प्रतिशत अङ्क सहित इटालीका प्रधानमन्त्री मारियो ड्रैगी तेस्रो स्थानमा रहेका छन्।

त्यस्तै जर्मनका चान्सलर एन्जेला मर्केलले ५२ प्रतिशत, अमेरिकी राष्ट्रपति जो बाइडेन ले ४८ प्रतिशत र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन ले ४८ प्रतिशत मत प्राप्त गरेका छन्।

यस्तै प्रकारले क्यानडाका राष्ट्रपति जस्टिन ट्रुडो ले ४५ प्रतिशत, बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ४१ प्रतिशत, ब्राजिलका जैर बोल्सोनारोले ३९ प्रतिशत, कोरियाली राष्ट्रपति मुन जे इनले ३८ प्रतिशत, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ३५ प्रतिशत, इमानुएल म्याक्रोनले ३४ प्रतिशत र जापानी प्रधानमन्त्री योशिहिदे सुगाले २५ प्रतिशत मत प्राप्त गरेका छन्।

यसैबिच मोदीलाई अरुचाइएको नेता को श्रेणीमा सबैभन्दा कम २५ प्रतिशत मत प्राप्त गरेका छन्। त्यस्तै मेक्सिकोका राष्ट्रपति ओब्राडोरले २७ प्रतिशत र इटालीका प्रधानमन्त्री ड्रागीले ३१ प्रतिशत मत प्राप्त गरेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ