arrow

मोदी र ट्रम्पको शोमा‌ लगाइएको ड्रोन सिद्धाउने प्रणाली भारतीय नौसेनालाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
new-techno;ogy-india.JPG

आइएनएन ।  भारतीय नौसेनाले पहिलो पटक स्वदेशी मै विकसित ड्रोन विरोधी प्रणाली (एनएडीएस) प्राप्त गर्ने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अहमदाबाद रोड शोमा लगाइएको ड्रोन सिद्धाउने  प्रणाली नौसेनाले पाउन लागेको हो । 

चारैतिर निरीक्षण गर्न सकिने यस प्रणालीको पहिलो पटक प्रयोग भारतको गणतन्त्र दिवसको परेडमा सुरक्षा प्रदान गर्न गरिएको थियो। त्यसपछि लाल किलाबाट प्रधानमन्त्री मोदीको सम्बोधनको क्रममा‌ पनि यस प्रणालीको प्रयोग गरिएको थियो। 

एनएडीएसले सानोभन्दा सानो ड्रोन पनि पत्ता लाउन सक्दछ र लेजरको प्रयोग गरी तिनको विनाश गर्न सक्दछ। हाल रणनीतिक नौसेना प्रतिष्ठानहरूको लागी ड्रोन एक खतराको रूपमा उभिएका छन्। यस प्रणालीको मद्दतले यी सम्पूर्ण चुनौती को सहज रूपले सामना गर्न सक्नेछ।  पिएसयु भारत इलेकट्रोनिक लिमिटेडले यो प्रणाली प्रदान गर्न लागेको हो। यसै सन्दर्भमा मङ्गलवार नयाँ दिल्लीमा भारतीय नौसेना र बीईएल बिच एक सम्झौतामा हस्ताक्षर भएको थियो।

सानो भन्दा सानो ड्रोन पत्ता लगाउन यस प्रणालीले राडार, इलेक्ट्रो-अप्टिकल/इन्फ्रारेड सेन्सर र रेडियो फ्रिक्वेन्सी को उपयोग गर्दछ। यसका लागि डीआरडीओ को वैश्विक नेभिगेसन स्याटलाइट प्रणाली को प्रयोग गरिन्छ।

डीआरडीओ द्वारा विकसित यस प्रणालीको मद्दतले भारतीय सशस्त्र सेनाले कुनै पनि हवाई खतराको सहजताका साथ सामना गर्न सक्नेछन्।सम्झौता भएको केही दिनमा नै भारतीय सेनाले स्थिर र मोबाइल दुवैबाट सञ्चालन गर्न सकिने एनएडीएस प्राप्त गर्नेछन्।

 भारतको पहल अन्तर्गत यस प्रणालीकोको निर्माण गरिएको हो। यस प्रणालीको निर्माण गर्न बीईएल को धेरै एकाइहरू, अर्थात् बंगलुरु, हैदराबाद, पुणे र मचिलिपट्नम, डीआरडीओ प्रयोगशाला, इलेकट्रोनिक्स र राडार विकास प्रतिष्ठान, बेंगलुरु; रक्षा इलेकट्रोनिक्स अनुसन्धान प्रयोगशाला, उच्च ऊर्जा प्रणाली र विज्ञान केन्द्र,हैदराबाद, उपकरण अनुसन्धान र विकास प्रतिष्ठान देहरादून; र भारतीय नौसेना सामेल भएका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ