arrow

साझा उम्मेदवार छान्न पौडेल समूहको कसरत जारी : बत्तिसपुतलीमा बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
Ramchandra-Poudel.jpg

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आगामी महाधिवेशनमा आफ्ना तर्फबाट साझा उम्मेदवार छान्ने प्रयासलाई जारी राखेको छ । मङ्गलवार समेत सोही विषयमा छलफल गर्न भन्दै पौडेल समूहका आकाङ्क्षीहरू वरिष्ठ नेता पौडेलको निवास बोहोराटारमा बसेका थिए । उनीहरू अहिले पनि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा जुटेका छन् ।
 
काँग्रेस नेता अर्जुननरसिंह केसीले महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने विषयमा बैठकमा छलफल भइरहेको जानकारी दिए । उनका अनुसार १८ भदौमा हुने वडा अधिवेशन अघि नै सभापति सहित पदाधिकारीका उम्मेदवार तय गर्ने गरी बैठकमा छलफल भइरहेको छ । 

‘हिजो पनि छलफल भयो, आज पनि बसेका छौँ, सकेसम्म वडा अधिवेशनअघि नै हाम्रोतर्फबाट सभापति र पदाधिकारीका उम्मेदवार तय गर्ने भन्नेतर्फ बैठक केन्द्रित छ,’ नेता केसीले भने । उनीसमेत सो समूहबाट आगामी महाधिवेशनमा सभापतिका उम्मेदवार बन्ने तयारी छन् । 

यसै गरी सोही समूहबाट नेता पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, डा. शेखर कोइरालाले समेत पार्टी सभापतिका लागि आकाङ्क्षा देखाउँदै आइरहेका छन् । 

काँग्रेसको केन्द्रीय महाधिवेशन भने आगामी ९ देखि १३ मङ्सिरसम्म काठमाडौँमा हुने तय भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ