फोनपे मार्फत कारोबार गर्ने झापाका उज्जलले पाए हुण्डाइको गाडी उपहार
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
1.2k
Shares
काठमाडौँ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्स्फर, चट्ट कार’ उपहार योजनाका विजेतालाई गाडी हस्तान्तरण गरिएको छ। यस योजनामा झापा बिर्तामोडका उज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जित्न सफल भए। उनलाई एक कार्यक्रमका बीच फोनपेका प्रमुख कार्यकारी अधिकृत अद्धेत तुलाधर र नबिल बैङ्कका चिफ मार्केटिङ अफिसर कवीन्द्र प्रसाद श्रेष्ठ र फोनपेका ब्राण्ड एम्बेष्डर सन्दीप क्षेत्रीले गाडी हस्तान्तरण गरे। अधिकारी नबिल बैङ्कका ग्राहक रहेका छन्।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरिएको यो योजना फागुन २३ देखि असार मसान्तसम्म सञ्चालन भएको थियो। यस योजनामा नेपालभरिका कुनै पनि बैङ्कको आफ्नो मोबाइल बैङ्किङ एप मार्फत अन्य बैङ्कमा पैसा पठाउने ग्राहक सहभागी भएका थिए।
फोन पे डाइरेक्ट मार्फत एक बैङ्कबाट अर्को बैङ्कमा पैसा पठाउन सकिन्छ। जसबाट बिना बैङ्क खाता नम्बर, केवल पैसा पाउने व्यक्तिको मोबाइल नम्बर हालेर पैसा तुरुन्तै अर्को बैङ्क खातामा पठाउन सकिन्छ।
फनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आबद्ध छन् भने ४ लाख ५० हजार भन्दा बढी मर्चेन्ट रहेका छन्।
एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैङ्किङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ। फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’पिसिआई डिएसएस भिथ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था हो।