arrow

पन्ध्र वर्षे नाबालिगको नग्न भिडियो देखेपछि बाबुआमालाई हृदयाघात

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १४ सोमबार
online-class-china.jpg
तस्वीर–फाइल ।

काठमाडौं । कोरोना भाइरसको महामारीले गर्दा अहिले जताततै अनलाइन क्लास चलिरहेको छ । त्यही अनलाइन कक्षाले साइबर अपराध त बढेको छ नै बालबालिकाहरुले गलत हर्कत पनि अपनाउन थालेका छन् । 

उनीहरुले इन्टरनेटको प्रयोग गरी नग्न भिडियो वा तस्वीरहरु त हेर्न थालेको पाइएको छ नै नग्न तस्वीर वा भिडियो सामाजिक संजालमा पोष्ट समेत गर्ने गरेको पाइएको छ । 

त्यसले निकै नै विपद् बढ्दै गइरहेको छ । त्यस्तै भएको छ भारतको अहमदाबादमा । अनलाइन कक्षाका क्रममा १५ वर्षे बालिकाले आफ्नो नग्न भिडियो बनाएर सामाजिक संजालमा अपलोड गरेकी छिन् । 

उक्त भिडियो जब उनका बाबुआमाले देखे तब उनीहरुलाई हृदयाघात भएको छ । उनीहरुलाई माइनर खालको हृदयाघात भएको बताइएको छ । ती बालिकाका नातेदारले परामर्शका लागि हेल्पलाइनको मद्धत लिएका छन् । 

अभिभावकले हेल्पलाइनलाई बताएअनुसार छोरीको पढाइका लागि नयाँ मोबाइल किनेर दिएका थिए । तर पढाइको सट्टा छोरी मोबाइलमै व्यस्त रहन थालेपछि अभिभावक चिन्तित थिए । 

बाबुआमा दुवै जना जागिरे रहेकाले समय दिन सकिरहेका थिएनन् । छोरी घरमा एक्लै हुन्थिन् । जसको गलत फाइदा उठाउँदै जाँदा सामाजिक संजाल मार्फत गलत व्यक्तिहरुको सम्पर्कमा आएर नग्न भिडियो बनाएर अपलोड गर्न थालिन् । 

उक्त भिडियोमा युवकहरुको कमेन्ट आउन थालेपछि निरन्तर नग्न भिडियो पोष्ट गर्न थालिन् । परामर्शका दौरान ती नाबालिगले सामाजिक संजालमा केही केटीहरुको नग्न भिडियो देखिन् र त्यसमा धेरै केटाहरुको कमेन्ट आएको देखेपछि उत्साही भएर आफूले पनि नग्न भिडियो राखेको बताएकी थिइन् । 

हेल्पलाइन टिमले ती सबै भिडियोहरु डिलेट गराएका छन् । त्यस्तै उनलाई साइबर अपराधका बारेमा पनि सम्झाएका छन् । काउन्सिलिङपछि उनले अभिभावकहरुसँग माफी माग्दै आइन्दादेखि यस्तो गल्ती नगर्ने कसम पनि खाएकी छिन् । 

उनले जबसम्म अभिभावकले भन्दैनन् तबसम्म मोबाइल पनि नछुने बताएकी छिन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ