arrow

कुकरमा अड्कियो डेढ वर्षे बालकको टाउको 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १४ सोमबार
cooker-head.JPG

काठमाडौं । बालबालिकाहरुलाई अभिभावकले वास्ता गरेनन् भने उनीहरुको ज्यानै पनि जान सक्छ । अझ कुनै जानकारी नै नभएको बच्चा खेल्ने क्रममा घरेलु सामानबाटै पनि ज्यानको जोखिम भोग्नु पर्ने हुन सक्छ । 

त्यस्तै भएको भारतको आगराको लोहामन्डीको खाती पान्डामा । डेढ वर्षको बालक खेल्दा खेल्दै कुकरमा टाउको अड्किँदा धन्यै ज्यान गएन । खेल्दाखेल्दै उनको टाउको कुकरमा अड्किएको हो । 

बच्चा चिच्याएपछि परिवारले तुरुन्त डाक्टर कहाँ लिएर गए । दुई घण्टाको कडा मेहनतपछि चिकित्सकको टिमले उक्त कुकर काटेर बच्चाको टाउको बचाउन सफल भएको छ । 

डा. फरहत खानले टाउको कुकरमा भएकाले बच्चालाई बेहोश बनाउन नसकेका कारणले सतर्कताका साथ कुकर काटेर बच्चालाई सुरक्षित निकालिएको बताए । डाकटरले ग्लाइडर मेसिनबाट कुकर काटेका हुन् । 

बच्चा छट्पटाइरहेकाले डाक्टरलाई कुकर काट्न निकै कठिन भइरहेको थियो । 

गत शुक्रबार उक्त घटना भएको थियो । मामाघर आएको बच्चाले खेल्दा खेल्दै आफ्नो टाउको कुकरमा अड्काएको थियो । त्यसपछि बच्चा छट्पटायो । उक्त कुकरबाट टाउको ननिकालुन्जेल बच्चा रोइरहेको थियो । 

बच्चा अहिले स्वस्थ्य रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ