काठमाडौँ । २५ वर्ष देखि स्पोटब्वाइमा काम गर्दै आइरहेका राजु फुयाँलको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र “प्रेम गन्ज“ को एउटै गीतमा ३० लाख लगानी भएको छ । यो खर्च सुटिङको खर्च मात्र हो । अडियो र पोस्टको लगानी जोड्दा झन्डै ४० लाख पर्ने सम्भावना छ ।
कलरको काम इन्डियामा हुने भएकोले यो गीतमा मात्रै ४० लाख लगानी पुग्ने सम्भावना देखिएको हो । फरेनहाईट क्लबमा तीन दिन छायाङ्कन भएको यो गीतमा नायिका बेनिशा हमाल, सन्जोग रसाइली सँगै अन्य एक हजार जना झुमेका थिए । गीतको कोरियोग्राफी वाईल्डरिपर्ज ले गरेको हो । दीक्षा थापाको स्वरमा रहेको यो क्लब गीतलाई उ “जितेर गई या हारेर गई“ फेम्ड लेखक पुरुस्वत्तम ढुङ्गेलले लेखेका हुन भने किरण भुसालले सङ्गीत भरेका छन् ।
पहिलो लकडाउन पछि सुरु भएको चलचित्रको छायाङ्कन दोस्रो लकडाउन सङै रोकिएको थियो । अहिले लकडाउन केही लुज भए सँगै चलचित्रको छायाङ्कन धमाधम भइरहेको छ । चलचित्रको सम्पूर्ण टिमलाई कोरोना खोपको सुविधा सहित होटेलमा राखिएको छ । चलचित्र युनिट सुरक्षित होस भनेरै सम्पूर्ण युनिटलाई एकै स्थानमा राखेर काम गरिएको हो ।
परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्माण भइरहेको चलचित्र लाई सञ्जय लामाले छायाङ्कन गरिरहेका छन् भने चलचित्रको कार्यकारी भूमिकामा अनन्तमान श्रेष्ठ छन् । “प्रेम गन्ज“ चलचित्र चौतारीको ब्यानरमा निर्माण भइरहेको छ ।