काठमाडौँ। डेनिस बियर ब्राण्ड टुबोर्गले मानिसहरूलाई एकताबद्ध गर्ने सङ्गीतको शक्ति मनाउने अभियान, टुबोर्ग ओपनको नयाँ प्रस्तुतिको लागी युवापुस्तामाझ लोकप्रिय गायक सुशांत केसीले विश्वव्यापी प्रचलित डिजे डेभिड गुएटासँग सहकार्य गर्ने घोषणा गरेको छ।
उक्त अभियानको अनुरूप सुशांत केसीले डेभिड गुएटाको नयाँ ट्र्याक ‘गेट टुगेदर’ को अफिसियल रिमिक्स् रिलिज गर्नेछन्, जुन ट्र्याक गुएटाले विश्वका विभिन्न क्षेत्रहरूका कलाकारहरूलाई एकसाथ ल्याउनको लागी सिर्जना गरेका हुन्।
नेपालको कलाकारसँग सहकार्य गर्न पाउँदा उत्सुक हुँदै गुएटा भन्छन् “विश्वभरका विभिन्न कलाकारहरूसँग काम गर्ने सोच मलाई मन पर्छ। त्यसैले मलाई लाग्छ कि टुबोर्ग ओपन प्रोजेक्ट निकै राम्रो छ। मेरो सम्पूर्ण जीवन मैले कलाकार, डिजे, निर्माता र पप स्टारहरूसँग सहकार्य गरिरहेको छु, र म यो काम गर्न एकदम मन पराउँछु किनभने मलाई विश्वास छ कि संसारमा यति धेरै प्रकारका मानिसहरू छन् जो बाट हामी सबैले सिक्न सक्छौँ।”
“हालसालै मेरो करियरमा म आफूलाई अझै बढी नयाँ कलाकारहरूसँग सहकार्य गर्न खोजी रहेको छु। म यो गर्न चाहन्छु किनकि मैले उनीहरूलाई केही कुराहरू सिकाउन सक्छ, तर सबैभन्दा महत्त्वपूर्ण कुरा त उनीहरूले मलाई सिकाउन सक्छन् किनकि उनीहरूको संसारको दृष्टिकोण फरक छ। यो सङ्गीत वा शब्दमा हुन सक्छ तर हामी दुवैको प्रस्तुतिको संयोजनले केही नयाँ ताजा महसुस गराउने सिर्जना हुने आशा राख्छु।”
सुशांत केसी नेपाली सङ्गीत क्षेत्रको एक लोकप्रिय नाम हो। उनी आफ्नो मधुर र आत्मीय गीतहरूको लागि परिचित छन्। उनको आमा, मायामा, साथी जस्तै गीतहरू भावनात्मक र अर्थपूणको लागि प्रशासित छ।
विश्वको सबैभन्दा ठुला डिजेहरू मध्ये एकको साथमा काम गर्ने प्रोजेक्टको बारेमा बोल्दै, सुशांत “मैले एक गायक–गीतकारको रूपमा सिर्जना गरेको सबै कुराहरू मेरो उत्कटताबाट निस्केको छ। यस्ता उदाहरणहरू पनि छन् जब आफ्नो प्रयासहरूले छुटाउन नहुने अवसरहरू आमन्त्रित गर्दछ । मलाई यो प्रोजेक्ट निकै राम्रो लाग्छ र यसको हिस्सा हुने चाहना पहिले देखि नै थियो।
अहिले भने साँच्चै त्यो समय आएको छ। म उक्त सङ्गीतको कलाकारको जादुमा थप निखार ल्याउन चाहन्छु जसले हाम्रो राष्ट्रको प्रतिनिधित्व गर्दछ। म केही सुन्दर प्रस्तुति सिर्जना गर्न चाहन्छु।”
सुशांत केसीको ‘गेट टुगेदर’ को नयाँ रिमिक्समा काम गरिरहेका छन् र त्यो सेप्टेम्बरको अन्तिम सम्ममा दर्शक माझ उपलब्ध हुनेछ। डेभिड गुएटाले टुबोर्गसँगको सहकार्यमा लिरिक भिडियो पनि निर्माण गरेका छन् जुन नेपालका दर्शकहरूले एआर्मा अनुभव गर्न सक्छन्। सबै दर्शकले टुबोर्गको फेसबुक पेजमा गई त्यहाँ भएको लिङ्क प्रयोग गरी आफ्नो घरमै आरामले डेभिड गुएटाले ‘गेट टुगेदर’ बजाएको सुन्न सक्नेछन्।