arrow

पौडेलले देउवासँग छलफल गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
deuba-poudel.png

काठमाडौँ ।  नेपाली काँग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्ने भएको छ । पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीवारिमा शुक्रवार बसेको संस्थापन इतर समूहको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय गरेको हो । 

बैठकपछि सन्चाकर्मीसँग कुरा गर्दै काँग्रेस नेता डा मीनेन्द्र रिजालले महाधिवेशनका लागि देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवासँग आजै छलफल गर्ने जानकारी दिए । 

“अधिवेशन प्रक्रियामा केही व्यावहारिक कठिनाइ आएका छन्, उक्त कठिनाइलाई समाधान गर्नुपर्छ, जिल्ला सभापतिले राखेका मागलाई समेत नेतृत्वले गम्भीर रूपमा लिनुपर्छ”, उनले भने । 

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री सिंह, नेताहरू डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा शेखर कोइराला, डा रिजाललगायत उपस्थित थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ