काबुलमा आक्रमण गर्नेहरूलाई बाइडेनले भने- तिमीहरूको सिकार गर्छौँ
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
448
Shares
काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेले अफगानिस्तानको राजधानी काबुलमा आक्रमण गर्नेहरूलाई कडा चेतावनी दिएका छन्। बिहीबार काबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा परेर १३ अमेरिकी सेनासँगै ८० भन्दा बढीले ज्यान गुमाएका छन्।
अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गरिरहेका बेला आत्मघाती बम विस्फोट गर्दै विमानस्थलमा आक्रमण भएको हो।
यस विषयमा बोल्दै शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडेले आक्रमण गर्ने र अमेरिकाको कुभलो चाहनेहरूको सिकार गर्नेछौँ भन्दै चेतावनी दिएका हुन्।
उनले भनेका छन्, 'यो हमला गर्नेहरू र अमेरिकाको हानी गर्न चाहने जोसुकैको लागि हामी माफ गर्ने छैनौँ, हामी बिर्सने छैनौँ, तिमीहरूको सिकार गर्नेछौँ र मूल्य चुकाउन लगाउनेछौँ।'
अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना र नागरिकलाई फिर्ता लगिरहेको छ। अफगानिस्तानमा रहेका अन्य देशका नागरिकहरूलाई समेत अमेरिकाले उद्धार गरिरहेको छ।