असममा सात ट्रकमा आगजनी, पाँच चालकलाई ज्यूँदै जलाइयो
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
1.5k
Shares
काठमाडौं । भारतको असमस्थित दीमा हसाओ जिल्लामा अज्ञात समूहले सात ट्रकमा आगो लगाएको छ । उक्त आगजनीमा परी पाँच चालक ज्यूँदै जलेका छन् । सबैको मृत्यु भएको छ ।
बिहीबार राति भएको उक्त घटनामा आगजनी अगाडि उक्त अज्ञात समूहले कयौं राउन्ड फायरिङ गरेकोसमेत बताइएको छ । पुलिस र असम राइफल्स युनिटले उक्त अज्ञात समूहलाई खोजिरहेको बताएको छ ।
यो घटना गुवाहटीबाट करिब २०० किलोमिटरको दूरीमा भएको हो ।