arrow

नयाँ टाटा सफारी अब नेपालमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १० बिहिबार
tata-safari-SUV.jpg

काठमाडौँ। टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारीको बिहीबारदेखि नेपाली अटो बजारमा सार्वजनिक गरेको छ। यस नयाँ टाटा सफारीको सुरुवाती मूल्य ८१ लाख ९९ हजार रहेको छ। ७ सिट क्षमताको यस गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण हो। आधुनिक युगका शक्तिशाली एवं आकर्षक एसयूभी रुचाउने ग्राहकहरूलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीले जनाएको छ।

साहसिक व्यक्तित्व (एडभेन्चर पर्सोना) झलक दिने नयाँ सफारीको डिजाइन ग्राहकहरूको इच्छा र आकाङ्क्षा अनुरूप आकर्षक, बलियो र “स्पोर्टी” रहेको छ। “ट्रोपिकल मिस्ट” रङ्ग स्किममा उपलब्ध नयाँ सफारी भारतका विविध प्रकारका भू–भागमा प्रशस्त पाइने वनस्पतिहरूको सौन्दर्यबाट प्रभावित प्रेरित छ। नेपाल पनि यस्तै वनस्पतिहरूले भरिपूर्ण भएकोले नयाँ सफारी यहाँको लागि पनि अत्यन्त सुहाउँदो रहेको छ। सिप्रदीको नेपालभर रहेका टाटा मोटर्स्का शो–रुमहरू मार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको छ।

नयाँ टाटा सफारीको नेपालमा विक्री वितरण बारे टाटा मोटर्स्का प्यासेन्जर भेहिकल इन्टरनेशनल विजनेसका प्रमुख मायांक बाल्डी भन्छन्, “हामी नेपाली बजारमा प्रिमियम फ्लैगशिप एसयूभी नयाँ सफारीको विक्री वितरण गर्न पाउँदा अत्यन्त हर्षित भएका छौँ।

उत्कृष्ट डिजाइन, सुरक्षित र आरामदायी टाटा “फरेभर रेञ्जका” गाडीहरूको तीन आधार स्तम्भहरू हुन् र यी आधार स्तम्भहरू हाम्रो दृढ प्रतिविद्धताको उपज हो। ओमेगा आर्किटेक्चरमा तयार पारिएको यस गाडीको डिजाइन कार्य क्षमताको दृष्टिकोणले उत्कृष्ट छ भने यसमा प्रख्यात जेएलआर पेडिग्री जस्तो उच्च कोटीको प्राविधिक गुणहरूको प्रयोग गरिएको छ।

यसै गरी, आकर्षक डिजाइन भएको यस गाडीका अन्य विशेषताहरू पनि सर्वोत्कृष्ट रहेका छन् । नयाँ टाटा सफारीले अत्यन्त द्रुत गतिमा अगाडि बढिरहेको एसयूभी बजारमा टाटा ब्रान्डको छविलाई अझै नयाँ उचाइमा पुर्‍याउनेछ। भारतमा ६ महिना भन्दा पनि कम अवधिमा नै १०,००० वटा भन्दा बढी नयाँ टाटा सफारीको उत्पादन भैसकेको छ। ग्राहकहरूको टाटा प्रतिको यस्तो अटुट माया र विश्वासबाट हामी धेरै खुसी र उत्साहित छौँ। नेपाली बजारमा पनि ग्राहकहरूको अगाध माया र प्रशंसा प्राप्त गर्ने हाम्रो आशा र चाहना छ।”

त्यसै गरी, सिप्रदी ट्रेडिङ्गका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी भन्नुहुन्छ, “नेपालमा नयाँ सफारीको आगमन टाटासँगको सिप्रदीको व्यापारिक साझेदारीमा एक अर्को कोशे ढुङ्गा हो। नेपाली ग्राहकहरूको बदलिँदो आकाङ्क्षा एवं जीवनशैलीसँग मेल खाने यस गाडीले नेपालमा एसयूभी प्रयोगलाई वृद्धि गर्ने हामीले आशा राखेका छौँ। यस वर्षको चाडपर्व पूर्व नयाँ सफारी जस्तो उच्चतम विशेषता भएको “आइकोनिक” ब्राण्ड नेपाली ग्राहक वर्ग सामु प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ।”

“ग्राहकहरूलाई उत्कृष्ट भन्दा उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो उद्देश्य अनुसार नयाँ सफारीलाई ललितपुर सहरको मुटुमा अवस्थित लबिम मलको विशेष “एक्स्पीरिएन्स जोनमा” पनि डिस्प्ले गरिनेछ । यस जोनमा टाटा मोटर्सका ग्राहकहरूले “प्रिभिलेज पार्किङ” सुविधा मात्र नभई आफूलाई मन पर्ने ताजा कफीको स्वादसँगै टाटा मोटसर्का सेवा र उत्पादनहरूबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नुहुनेछ।”

आफ्ना ग्राहकहरूलाई आराम र सुरक्षाको साथै उत्कृष्ट कार्य क्षमता प्रदान गर्न टाटा सफारीको डिजाइन र इन्जिनियरिङ गरिएको हो। २.० लिटरको टर्बोचार्जड् काइरोटेक इन्जिन भएको यस गाडीमा सहरको बाटो, एक्सप्रेस वे वा विकट क्षेत्रका कच्ची सडकहरूमा नयाँ र रोमाञ्चकारी अनुभवका साथ यात्रा गर्न सकिन्छ। २७४१ मिलिमिटर चौडा व्हिलबेस, म्याजिस्टिक प्यानोरोमिक सन् रुफ, यासवुड फिनिस्ड् ड्यासबोर्ड सहित ओइस्तर सेतो रङ्ग भएको भित्री भाग र अत्याधुनिक ८.८ इन्चको फ्लोटिङ आईज्ल्यान्ड इन्फोटेन्मेन्ट सिस्टम जडित नयाँ टाटा सफारी नेपाली ग्राहकहरूको लागि एक पूर्ण र प्रशंसायोग्य प्याकेज हुनेछ।  

सफारीको नयाँ अवतारमा टाटा मोटर्स्ले ओएमइजीएआरसी अन्तर्गत इम्प्याक्ट २.० डिजाइन ल्यांग्वेजमा आधारित रही ल्याण्ड रोभरको प्रख्यात डि ८ प्ल्याटफर्ममा निर्माण गरेको हो।

उत्कृष्ट सुरक्षाको लागि उन्नत इएसपी र बोस मोड जस्ता विशेषताहरू पनि यस ६-७ सिट क्षमताको गाडीमा पाइन्छ। यो कारणले नयाँ सफारी द्रुत गतिमा विकास भइरहेको नेपाली अटो मोबाइल बजारको लागि अत्यन्त उपयोगी छ।

निलो, सेतो र खरानी रङ्गमा पाइने यस एसयूभीको एक्सइ देखि एक्सजेटए+ सम्म ९ वटा मोडेलहरू छन्। भारतमा गत वर्ष देखि मात्र विक्री वितरण थालनी गरिएको यस गाडीले छोटो समयमै ग्राहकहरूको मन र मस्तिष्कमा अमिट छाप छोडिसकेको छ। भारतीय एसयूभी बजारमा १८ प्रतिशत अंश ओगट्न सफल नयाँ सफारी आज त्यहाँको सबैभन्दा बढी विक्री हुने एसयूभी मध्ये एक हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ