arrow

अफगानिस्तानबाट युक्रेनी विमान अपहरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ८ मंगलबार
ukraine.PNG

काठमाडौँ । युक्रेनका उप विदेश मन्त्री येवगेनी येनिनले युक्रेनी विमान अपहरण भएको बताएका छन् । रुसी समाचार एजेन्सी टीएएसएसका अनुसार गत आइतबार अज्ञात लडाकु समूहले विमान अपहरण गरेको मङ्गलवार विमान हराएको उनले बताएका छन् ।

टीएएसएसका अनुसार नागरिकहरू विमानस्थलमा पुग्न नपाउँदा अन्य तीन उद्धारका प्रयास समेत असफल भएको उनले बताएका छन् ।

अफगानिस्तान पुगेको युक्रेनी विमान त्यहाँबाट इरान लगिएको उनको भनाइ छ ।

यद्यपि इरानी नागरिक उड्डयन प्राधिकरणले भने सो विमान इरानमा इन्धन भरेर फेरि युक्रेनका लागि उडेको बताएका छन् ।

यस्तै युक्रेनको विदेश मन्त्रालयका प्रवक्ताले समेत 'युक्रेनको जहाज अफगानिस्तान मात्रै हैन, अन्य कतै पनि अपहरणमा नपरेको र विश्वभर फैलिरहेको यो समाचार झुटो' भएको बताएका छन् ।

आइतबार ८३ जना बोकेको युक्रेनी विमान त्यहाँको राजधानी कीभमा पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ