arrow

राजा राजेन्द्रको नजरमा को कस्तो नेता ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
raja-rajendra.JPG

काठमाडौं ।  गाई जात्रा विशेषमा हाँस्यकलाकार राजा राजेन्द्र पोखरेलले पछिल्लो समयको राजनीतिक घटनाक्रमको बारेमा व्यङ्ग्य गरे । उनले अन्तर्वार्ता लिन बोलाउने तर प्रश्न सोध्दा रिसाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यङ्ग्य गरे । उनले बाबुरामलाई ट्विटरमा धेरै गाली खाने भन्दै जति गाली खाए पनि ट्विट गर्न नछाडेको गहिरो ब्यङग्य गरे । 

राजारामले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’लाई कलौटेको संज्ञा दिए । उनले नेपालका नेताहरूले ३ सय ६५ दिन नै कमेडी गर्ने बताए । वास्तविक कलाकारले कहिलेकाहीँ मात्र हँसाउने उनको भनाई थियो । 

देशमा हाल रामराज्य भएको जिकिर गर्दै उनले ‘दाईंमा मियो मात्र नभएको मात्रै हो’ भन्दै कविता वाचन गरेका थिए । उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई प्यारोडीमार्फत प्रस्तुत गरेका थिए । उनले जनताहरूलाई भेडाको संज्ञा दिँदै नेताहरूको ‘रक्सी र मासुमा बिक्ने’ भन्दै झटारो हानेका थिए । 

उनले पत्रकार ऋषि धमलालाई पनि छोडेनन् । पत्रकार धमलाले अन्तर्वार्तामा २ नेतालाई बोलाएर झगडा गराएर पछि ती झगडा गर्ने नेतालाई चुप लाग्न लगाउने गरेको भन्दै प्रशंसा गरे । उनले धमलालाई नेपाललाई सुधार्न ‘जनता जान्न चाहन्छन् होइन अब नेता जान्न चाहन्छन् कि चाहँदैनन्’ भन्ने कार्यक्रम चलाउन पनि आग्रह गरे । 

त्यस्तै, गाईजात्रा विशेष साक्षात्कारमा खड्क बहादुर पुन (खबपु)ले अन्य पेशाका सबै सङ्गठित भए पनि हाँस्यकलाकारहरु अहिलेसम्म सङ्गठित हुन नसकेको धारणा राखे ।  उनले गाई जात्राको दिन सम्पूर्ण कलाकारहरूको दिन भन्न पाएमा खुसी हुने बताए । उनले भोगाईबाट नै साहित्य र हास्यव्यङ्ग्य जन्मने उनको भनाई थियो । पत्रकारहरूले हाँस्यकलाकारहरुको सम्मान नगर्दा चित्त दुःखेको उनको गुनासो थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ