arrow

पौडेल समूहको बैठक : वडा अधिवेशन अघि नै सभापतिमा साझा उम्मेदवार खोज्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
Ramchandra-Poudel.jpg

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको वडा अधिवेशन सुरु हुनु अगाडी नै सो समूहबाट साझा उम्मेदवार खोज्ने भएको छ । 

पौडेल पक्षका सभापतिका आकाङ्क्षी नेताहरु सहितको सोमबार बत्तिसपुतली स्थित एक पार्टी प्यालेसमा बसेको बैठकमा वडा अधिवेशन अगावै सभापतिको साझा उम्मेदवार तय गर्ने सहमति भएको हो । 

छलफलमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा शशाङ्क कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, बलबहादुर केसी, सुजाता कोइराला र डा. शेखर कोइराला लगायतका नेताहरू सहभागी थिए । 

साझा उम्मेदवार तय गर्नका लागि निरन्तर छलफल गर्ने पनि नेताहरूका बिचमा सहमति भएको नेता बलबहादुर केसीले जानकारी दिए । आकाङ्क्षीहरू धेरै हुँदा पौडेल समूहलाई महाधिवेशनमा उम्मेदवार टुङ्गो लगाउन कठिन भएको छ । 

काँग्रेसले आगामी ९ देखि १३ मङ्सिरसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी १८ भदौबाट तल्ला तहको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ