arrow

सर्पलाई राखी बाँध्न लगाउँदा गयो ज्यान 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ७ सोमबार
snake-bite.JPG

काठमाडौं । रक्षाबन्धनको अवसरमा सर्पलाई राखी बाँधिदिँदा एक युवकले ज्यान गुमाउन पुगेका छन् । भारतको बिहारस्थित छपरा जिल्लको माँझी सीतलपुर गाउँमा सर्पलाई समातेर राखी बाँधिदिने क्रममा युवकलाई सर्पले टोकेपछि ज्यान गएको हो । 

सर्पले टोकेपछि झारफुकबाट उनको उपचार भए पनि अवस्था बिग्रिएर अस्पताल लगिए पनि त्यहाँ चिकित्सकले मृत घोषित गरेका हुन् । २५ वर्षका मनमोहन उर्फ भूअरले आफूलाई ओझा बताउने गर्दथे । उनले पछिल्लो १० वर्षदेखि झारफुक गर्दै आएका थिए । 

आइतबार दुई वटा विशालु सर्पको पुच्छर समातेर आफ्नी बहिनीलाई राखी बाँधिदिन लगाएका थिए । उक्त क्रममा सर्पले उनको खुट्टामा टोकेको थियो । 

तत्काल एन्टिभेनम इन्जेक्सन नभएपछि उनको ज्यान गएको हो । मनमोहन आफैले सर्पको मित्र ठान्थे । आखिर त्यसैले टोकेर उनको ज्यान गयो । कसैलाई सर्पले टोक्दा उनलाई उपचारका लागि गाउँलेले बोलाउने गर्दथे । 

मोबाइलबाटै मन्त्र पढेर पनि पीडितको शरीरबाट विष निकाल्ने दाबी उनको थियो । उनले सर्पको रद्दार र उपचार गर्ने गर्थे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ