arrow

टाटा बि एस ६ कारहरूको लागि टाटा केयर क्याम्प भदौ ७ गते देखि ११ गते सम्म

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ४ शुक्रबार
tata-care camp.jpg

काठमाडौँ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टेडिङ्ग प्रालिले टाटाको बि एस ६ कारहरू सम्बन्धित सम्पूर्ण चेक जाँच गर्ने हेतुले टाटा केयर क्याम्पको आयोजना गर्ने भएको छ। टाटा केयर क्याम्प सिप्रदीको काठमाडौँ स्थित सोल्टीमोड र बागडोल आधिकारिक वर्कसपमा यही भदौ ७ गते देखि भदौ ११ गते सम्म एकैसाथ सञ्चालन गर्ने कम्पनीले जनाएको छ।

सिप्रदी टेडिङ्ग प्रालि ग्राहक सेवाका मुख्य प्रबन्धक कुमार भण्डारीका अनुसार बि एस ६ गाडीहरूमा नयाँ प्रविधिको प्रयोग भएकोले यी गाडीहरूलाई अरू गाडीहरू भन्दा भिन्दै नयाँ टेक्नोलोजी प्रयोग गरी सर्भिसिंग गर्नु पर्ने हुन्छ। त्यसैले टाटाको बि एस ६ गाडीको ग्राहकहरूलाई ध्यानमा राखेर सर्भिसिंगमा सहजीकरण गर्ने उद्देश्यले यो क्याम्पको आयोजना गर्न लागेको जानकारी गराए। यो क्याम्प बि एस ६ गाडीको ग्राहकहरूलाई लागि निकै फलदायी हुने भएकाले  यस क्याम्पमा सहभागी हुन आग्रह गरेका छन्।

यस टाटा केयर क्याम्प अन्तर्गत टाटा बि एस ६ कारहरूको सम्पूर्ण स्वास्थ्य जाँचहरू हुनेछ। लेबर चार्जमा ५० प्रतिशत छुट, फ्री टप वाशिङ, स्पेयर पार्ट्समा १५ प्रतिशत छुट, म्याक लुब्रीकेन्ट्समा १५ प्रतिशत छुट र जेनुइन सामानहरूमा १५ प्रतिशत छुट यस केयर क्याम्पको प्रमुख विशेषताहरू रहेका छन्।

निःशुल्क १० पोइन्ट चेकअप, निःशुल्क ब्याट्री र इलेक्ट्रिक चेकअप, निःशुल्क कम्प्युटर डायग्नोसिस, निःशुल्क सस्पेन्सन चेकअप, निःशुल्क ब्रेक चेकअपको साथै यस क्याम्पमा ग्राहकहरूले आकर्षक उपहारहरू पनि प्राप्त गर्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

सर्भिस बुकिङको लागि ९८०२३३३१५६मा सम्पर्क गर्न र अन्य जानकारीका लागि सिप्रदीको टोल फ्री नम्बरमा १६६००१५५७७७ (नेपाल टेलिकम) वा ९८०१५७५७७७ (एनसेल) मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ