arrow

प्रदेश मन्त्री पदबाट हटाइएका नै उपेन्द्र यादवको बैठकमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
lal kishor saha.jpg

काठमाडौँ । महन्थ ठाकुरसँग निकट भएका कारण प्रदेश २ सरकारबाट हटाइएका एक पूर्व मन्त्री जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् । ठाकुर निकट भएको कारण जसपाका अध्यक्ष उपेन्द यादवले गत जेठ २३ गते प्रदेश सरकारका उद्योग,पर्यटन,वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गर्न लगाएका थिए । 

त्यस ठाउँमा यादवले नेपाली काँग्रेस र माओवादी केन्द्रका नेतालाई प्रदेश २ सरकारमा ल्याएका थिए । मण्डल तत्कालीन राष्ट्रिय जनता पार्टीबाट प्रदेश सभामा चुनाव जितेका थिए । त्यसैले उनलाई उपेन्द्र यादवले पदमुक्त गरेका थिए ।

राज्यमन्त्रीबाट पदमुक्त गरिएको मण्डल उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी भए । ठाकुर,राजेन्द्र महतोले बुधवार निर्वाचन आयोगमा दर्ता गराएको जनता समाजवादी पार्टी (लोकतान्त्रिक)मा उनी सहभागी भएनन् । आफू जसपामै रहेको उनले बताए । ‘कहिले यता, कहिले उता जान मलाई मन लागेन’ मण्डलले भने ,‘जसपाको निर्माण ठाकुरजीले नै गराएको हो ।’

जसपामा हुँदा राजेन्द्र महतोसँग निकट मानिएकाहरू अहिले एक पछि अर्को गरी महतोलाई साथ छाडेका छन् । महतोसँग लामो समयसम्म निकट मानिएका मनिष सुमनले महतोको साथ छाडेका छन् । उनी पनि उपेन्द्र यादवतिर लागेका छन् । 

यसै गरी जनकपुर उपमहानगरपालिकाका मेयर लालकिसोर साहले पनि महतोको साथ छाडेका छन् । गत प्रतिनिधि सभाको चुनावमा महतोलाई जिताउन साहले भूमिका खेलेका थिए । 

सोमबार र मङ्गलवार बसेको जसपाका केन्द्रीय समितिको बैठकमा ५ सय भन्दा बढी केन्द्रीय सदस्यहरू उपस्थिति भएका थिए । ठाकुरसँग निकट मानिएका करिब १सय ५० जना केन्द्रीय सदस्यहरू जसपाको बैठकमा सहभागी भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ