मन्त्रिपरिषद् बैठक : प्रभुराम शर्मालाई प्रधानसेनापति नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
1.4k
Shares
काठमाडौँ । सरकारले प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापति नियुक्तिका लागि सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । शर्मा हाल कायममुकायम प्रधानसेनापतिको भूमिकामा छन् ।
वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि २४ भदौसम्म छ । त्यसपछि शर्मा नेपाली सेनाको प्रधानसेनापति बन्ने छन् ।