arrow

महन्थको दल दर्ता नगर्न निर्वाचन आयोगमा उपेन्द्रको निवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
mahant-thakur-uprendra-yadav.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो दलको नामसँग मिल्दो नाममा अन्य दल दर्ता नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

जसपा अध्यक्ष यादवले आफ्नो दलको नामसँग मिल्ने गरी नयाँ दल दर्ता गर्न आएको निवेदन रद्द गर्न निर्वाचन आयोगमा निवेदन दिएका हुन् । 

जसपा नेता प्रदीप यादवले सर्वोच्च अदालतको फैसलाले नै अरू दलसँग मिल्दोजुल्दो नाम राखेर दल दर्ता गर्न नपाइने भनेकाले सोही अनुसार गर्न आयोगलाई ध्यानाकर्षण गराइएको जानकारी दिए । 

निर्वाचन आयोगले जसपाको आधिकारिकता यादवलाई दिएपछि पार्टीविहीन बनेका महन्थ ठाकुर पक्षले सरकारले राजनीतिक दल विभाजन सहज बनाउने गरी अध्यादेश ल्याइदिएपछि नयाँ दल दर्ताका लागि बुधवार आयोगमा निवेदन दिएको थियो । 

ठाकुर पक्षले नयाँ दलको नाम जसपा (लोकतान्त्रिक) प्रस्ताव गर्दै आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ