arrow

अफगानस्ताानबाट १४० नेपाली काठमाडौं आइपुगेः होल्डिङ सेन्टरमा राखेर घर पठाइने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १ मंगलबार
afghanistan-nepali-retrune.jpg
तस्विर सौजन्य : अमेरिकी दुतावास

काठमाडौं । तालिवानी विद्रोही शक्तिले सत्ताकब्जा गरेपछि विकसित घटनाक्रममा अफगानस्तानबाट १४० नेपाली काठमाडौं आइपुगेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार १४५ जना नेपाली अफगानस्तानबाट काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

उनीहरुलाई सरकारले स्वास्थ्य जाँचका लागि खरिपाटी र राधास्वामी होल्डिङ सेन्टरमा लगेर राख्ने व्यवस्था मिलाएको छ । होल्डिङ सेन्टरमा पुर्याएपछि पीसीआर परिक्षण तथा एन्टिजेन विधि मार्फत कोरोना परिक्षण लगायत स्वास्थ्य जाँच हुनेछ । स्वास्थ्य अवस्था ठीक रहेको पाइए उनीहरुलाई घर पठाइने गृह प्रवक्ता पोखरेलले जानकारी दिए ।

स्वास्थ्य जाँच गर्दा खराबी देखिए त्यही राख्छौं, समस्या नभए घर पठाउँछौं,’ गृह प्रवक्ता पोखरेलले हाम्राकुरासँग भने । होल्डिङ सेन्टरमा रहँदाको खाने बस्ने खर्च भने सरकारले नै ब्यहोर्ने छ ।

अफगानिस्थान विद्रोही तालिबानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपालीहरू जोखिममा परेका छन् । के कती संख्यामा अफगानस्तानमा नेपालीहरु रहेका छन् भन्ने तथ्यांक सरकारसँग छैन । सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरुलाई सम्पर्कमा आउन भनिसकेको छ । 

सरकारले सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट अफगानस्तानमा रहेका नेपालीहरूको सकुशल उद्धार गर्ने निणर्य गरेको थियो । 
अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि उब्जिएको परिस्थितिमा त्यहाँ रहेका नेपालीहरूको स्वदेश फिर्तीका लागि आफ्ना सबै संयन्त्र परिचालन गरिसकेको गृह मन्त्रालयले जनाएको छ ।

सो कार्यका लागि परराष्ट्र, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सूचना आदानप्रदान र समन्वय गरेर अघि बढ्ने काम भइरहेको गृह मन्त्रालयले जनाएको हो ।

हल अफगानस्थानमा रहेका नेपालीहरुको अवस्थाको विवरण भने परराष्ट्र मन्त्रालयमार्फत संकलन गर्ने काम भइरहेको छ । परराष्ट्र मन्त्रालयले करिब ३ सय नेपालीहरू दुबई पुगिसकेको र थप १ सय ३४ले सरकारलाई सम्पर्क गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अफगानिस्तानमा रहेका नेपाली र यहाँ रहेका उनका परिवारले उद्धारका लागि सम्पर्क गरेका हुन् ।

बिभिन्न दुतावास, बिदेशी नियोग र संघसमस्थाहरूमा काम गर्ने नेपालीहरूलाई सम्बन्धित संस्थाहरूले अफगानिस्तानबाट बाहिर निकालिरहेको छ भने त्यहिं रहेका नेपालीहरू पनि सुरक्षित रहेको जनाइएको छ । उनीहरू क्रमिकरूपमा अफगानिस्तानबाट बाहिरिने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ