arrow

दिलकुमारी खाँणको तीज गीत ‘शिरफूल’ सार्वजनिक(भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३२ सोमबार
sirful.png

पोखरा । रचनाकार एवं गायिका दिलकुमारी खाँण(लक्ष्मी हमाल)को नयाँ मौलिक तीज गीत ‘शिरफूल’ सार्वजनिक भएको छ ।लय तथा शब्द संकलन लक्ष्मी र धनकुमारी हमालले गरेको गीतमा लक्ष्मीको आवाज सुन्न पाइन्छ । गीतलाई बिनोद रसाइलीले एरेन्ज गरेका हुन् ।

गीतको रेकर्डिङ क्रेजी स्टुडियोमा गरिएको हो । उत्पादन र वितरण “म्युजिकल दिल” युट्युब च्यानल मार्फत प्राज्ञ नगेन सिंहले गीतलाई सार्वजनिक गरेका हुन् ।

प्राज्ञ नगेन सिंह ठकुरीले सस्कृति बढाउँदै लैजान पर्ने बताउँदै यो शिरफूल तीज गीतमा संस्कृति, मौलिकपन र इतिहास झल्केको हुनाले भव्य र सभ्यका साथ यसै गीतमा नाचेर हरितालिका तीज मनाउन सबैमा अनुरोध गरे । धनकुमारी हमालले आफ्नो पालाको गीत सुन्न नपाइएकाले छोरीलाई गीत गाउन आग्रह गरेको बताउदैं आफ्नो पालाको गीतहरु राम्रा रहेको पनि बताए ।

अनुप अधिकारीको निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोको छायाकंन तथा सम्पादन दिपेश केसीले गर्नुभएको हो भने कोरियोग्राफर बिनोद गिरी छन् । भिडीयोमा  यमुना मल्लको श्रृगार रहेको छ । युवा निर्देशक अधिकारीले आफ्नो पहिलो तीज गीत भएकोले भिडियो बनाउन धेरै मेहनत गरेको र युवाहरुले आफ्नो संस्कृति बिर्सन नहुने बताए ।

लक्ष्मीले तीजको बेलामा माइत गएर दिदीबहिनीहरु मिलेर आफ्नो कहानी गाएर रमाइलो गरेको कुरालाई गीत मार्फत निकै सरल तरिकाले प्रस्तुत गर्न खोजिएको र विवाह गरेर पराइघर गएका चेलीलाई तीजको महत्व कति हुने गर्दछ भनेर प्रष्ट्याउन खोजिएको बताइन ।

गीतको भिडियोमा सलिना बराल, आयुसा महत, ईन्दु सेन, स्मृति सुवेदी, नज्योशा सिंहको नृत्य हेर्न पाइन्छ । यसैगरी गीतमा लक्ष्मी हमालको बुबा गङ्गा बहादुर हमाल मुमा धनकुमारी हमाल आजी बहिनी शारदा हमाल पराजुली, राममाया शाह, दिल कुमारी खाँण (लक्ष्मी हमाल), कोपिला शाही, सरिता हमाल सेन, ज्योती हमाल, तारा हमाल भुजेल (दिपा) लगाएत सरस्वती बराल, निशा बराल, अस्मिता बराल, सुस्मिता बराल अनिशा बराल, सविता सापकोटा, बिनु गुरुङ्ग, रिमा शाही, यमुना मल्ल, बिष्णु महत, चन्द्रकला थापा, पुर्णवती शाही, सिर्जना शाही,शुष्मा बराल आदि कलाकारको अभिनय भिडियोमा हेर्न पाइन्छ । लक्ष्मी संगितकर्मी संघमा आजिवन सदस्य तथा विभिन्न संघसस्थामा सग्लंन छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ