arrow

१४ अगस्टलाई ‘विभाजन विभीषिका स्मृति दिवस’ का रूपमा मनाउने भारतका प्रधानमन्त्री मोदीको घोषणा

logo
एएनआई,
प्रकाशित २०७८ साउन ३० शनिबार
narendra-modi.jpg
फाइल तस्बिर

नयाँ दिल्ली। भारतले पाकिस्तानको स्वतन्त्रता दिवसलाई ‘विभाजन विभीषिका स्मृति दिवस’को रूपमा मनाउने निर्णय गरेको छ। पाकिस्तानले शनिवार ७५औँ स्वतन्त्रता दिवस मनाइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्विट गर्दै १४ अगस्ट अर्थात् भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन विभीषिका स्मृति दिवसको रूपमा मनाउने निर्णय गरेको बताएका छन्।

ट्विटमा उनले भनेका छन्, “देशको विभाजनको पीडालाई कहिल्यै बिर्सन सकिँदैन। घृणा र हिंसाका कारण हाम्रा लाखौँ दाजुभाइ र दिदी बहिनी विस्थापित हुनुका साथै ज्यान गुमाए। उनीहरूकै बलिदान र सङ्घर्षको यादमा १४ अगस्टलाई ‘विभाजन र विभीषिका स्मृति दिवस’को रूपमा मनाउने निर्णय गरिएको छ।”

उनले यस दिनले भेदभाव, वैमनस्य र दुर्भावनाको विषलाई हटाउनका लागि मात्र नभई एकता, सामाजिक सद्भाव र मानवीय संवेदना पनि मजबुत हुने विश्वास व्यक्त गरे।

बेलायतको अधीनबाट भारतको मुक्ति र विभाजन एकै साथ भएको थियो। भारतले भने अगस्ट १५ मा आफ्नो स्वतन्त्रता दिवस मनाउने गर्दछ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ