arrow

'प्रहरी मेरो साथी हो'

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ असार २८ मंगलबार
kopila.jpg.jpeg
रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाको आयोजनामा रोल्पाको लिबाङमा एक समारोहका वीच “प्रहरी मेरो साथी” सम्वन्धी अवधारणाका विषयमा प्रभातफेरी, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । समाजमा प्रहरी र जनता वीचको सम्वन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । 
 
उनका अनुसार “प्रहरी मेरो साथी” हो भन्ने भावना र सम्वन्धको विकास गरी नेपाल प्रहरीको छविमा अभिबृद्धि गर्ने लक्ष्यका साथ देशब्यापी रुपमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्ला न्यायाधीश कमलप्रसाद ज्ञवालीले कार्यक्रमको लक्ष्य तथा उद्देश्य सान्दर्भिक रहेको बताउदै अध्ययन तथा अवलोकन नभएमा कार्यक्रमको उद्देश्य पूरा हुन नसक्नेमा जोड दिए । 
 
कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जनता र प्रहरी वीचको सम्वन्ध सुमधुर भएमा मात्र समाजमा शान्ति सुरक्षा कायम हुनसक्ने बताए । यसैवीच उनले प्रहरी र जनता संगसंगै हातेमालो गरेर अघि बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा स्थानीय विकास अधिकारी सुशील बैद्य, खड्गदल गण रोल्पाका सेनानी खड्ग बोहरा, प्रमुख अनुसन्धान अधिकृत नरेन्द्रराज गिरी, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाज, पत्रकार, स्थानीय बासीहरु लगायत जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुको उपस्थिति रहेको थियो । 
 
स्वागत मन्तब्यका राख्दै कार्यक्रमका बारेमा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक केशबबहादुर बस्नेतले जानकारी गराएका थिए भने कार्यक्रमको संचालन प्रहरी नायव निरिक्षक राजबहादुर थापाल गरेका थिए । कार्यक्रमका सहभागीहरुले रोल्पा प्रहरीले जिल्लामा निर्वाह गरेको सेवाको प्रशंसा गर्दै प्रहरी र जनता वीचको सम्वन्ध नङ र मासु जस्तै हनु पर्नेमा जोड दिए । 
 
विगतका दिनमा भन्दा प्रहरी र जनताको दूरी फराकीलो बन्दै गएको बताउदै प्रहरी र नागरिक वीच आत्मीयता बढ्न सके मात्र सत्य तथ्य कुरा बाहिर आउन सक्ने सहभागिको भनाइ छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले यस अघि मुस्कान सहितको प्रहरी सेवा प्रवाह गरिसको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ