arrow

खाम्लालुङ्ग धुँवामुक्त गाविस घोषणा

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ असार २८ मंगलबार
terhathum-news.jpg.jpeg
तेह्रथुम। खाम्लालुङ्ग गाउँ विकास समितिलाई सोमबार एक कार्यक्रमका बीच घरभित्रको धुँवा प्रदुषण मुक्त गाविस घोषणा गरिएको छ। गाविसको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला ऊर्जा, वातावरण तथा जलवायु परिवर्तन शाखा अधिकृत मनोजकुमार चौधरीले खाम्लालुङलाई ९ औँ घरभित्रको धुँवामुक्त गाविसको रुपमा घोषणा गरेका थिए। 
 
गाविसका सबै ६ सय २१ घरधुरीमा धुँवारहित सुधारिएको चुलो निर्माण भइसकेकाले गाविसलाई धुँवामुक्त गाविस घोषणा गरिएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ऊर्जा अधिकृत चौधरीले घोषणा गर्नु भन्दा त्यसको व्यवहारिक कार्यान्वयन गर्नु महत्वपुर्ण भएको बताउँदै त्यसतर्फ ध्यान दिन आग्रह गरे। 
 
कार्यक्रममा पत्रकार महासंघका जिल्ला सभापति उद्धव तिम्सीना, सुधारिएको चुलो कार्यक्रमका जिल्ला संयोजक चिरञ्जीवी श्रेष्ठ, महिला अधिकार मन्चका जिल्ला अध्यक्ष नरमाया श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी सृजना लामा फोम्बो, स्थानीयबासी गोपी ढुंगाना र रन्जन गौतम लगायतले धुँवामुक्त घोषणा गरिएसँगै अब त्यसको व्यवहारिक कार्यान्वयनमा ध्यान दिन सुझाए। 
 
जिल्लालाई सन् २०१७ भित्र घरभित्रको धुँवा मुक्त बनाउने अभियान अन्तर्गत गाविसलाई घोषणा गर्ने अभियान चलिरहेको छ। जसअन्तर्गत गाविसका ६ सय १५ घरधुरीमा विभिन्न १२ प्रकारका चुलोहरुमध्ये ५ सय ७३ वटा चुलो निर्माण भइसकेको देउराली सोसाइटी सुधारिएको चुलो कार्यक्रमका सामाजिक परिचालक सोम ढकालले बताए। 
 
यसअघि जिल्लाका ८ गाविस घरभित्रको धुँवामुक्त भइसकेका छन्। यसवर्षभित्रै जिल्लाका फुलेक र दाँगपा गाविसलाई धुँवामुक्त घोषणा गरिसक्ने तयारी रहेको जिल्ला विकास समितिले जनाएको छ। जिल्लामा २ नगरपालिका र २१ गाविस रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ