ओलम्पिक पदक : स्वर्णमा चीन अगाडी, कुल पदक अमेरिकाको धेरै
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २३ शनिबार
1.2k
Shares
काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा पदक दौडमा चीनको अग्रता जारी रहेको छ। चीन ३६ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ। चीनलाई अमेरिका र जापानले पछ्याइरहेका छन्।
अहिलेसम्म चीनले कुल ७९ पदक हासिल गरेको छ। उसले २६ रजत र १७ कांस्य पदक जितिसकेको छ। दोस्रो स्थानमा रहो अमेरिकाको ३१ स्वर्ण रहेको छ। उसले ३६ रजत र ३२ कांस्य हात पारेको छ। तेस्रो स्थानमा रहेको आयोजक जापानले २४ स्वर्ण, ११ रजत र १६ कांस्य जितेको छ।
चौथो स्थानमा रहेको बेलायतले १८ स्वर्ण, २० रजत र २० कांस्य पदक रहेको छ भने पाँचौँ स्थानमा रहेको आरओसी १७ स्वर्ण २३ रजत र २२ कांस्य रहेको छ। त्यसैगरि अष्ट्रेलियाले १७ स्वर्ण, ६ रजत र २१ कांस्यसहित छैटौँ स्थानमा रहेको छ।
सातौं स्थानमा इटली १० स्वर्ण, १० रजत र १८ कांस्य सहित रहेको छ। जर्मनी र नेदरल्याण्ड्स ९-९ स्वर्ण सहित क्रमशः आठौँ र नवौँ स्थानमा रहेका छन्। दशौँ स्थानमा ७ स्वर्णसहित फ्रान्स रहेको छ।
कुल पदकमा अमेरिका ९९ पदक रहेको छ भने पहिलो स्थानमा रहेको चीनको कुल ७९ पदक रहेको छ। ओलम्पिक पदक तालिकामा स्वर्णका आधारमा स्थान छुट्टयाईन्छ । कुल पदकलाई मान्यता दिइनुपर्ने आवाजहरू पनि बेला-बेलामा उठिइरहेका छन्।