मुख्यमन्त्री पोख्रेल भन्छन् : माननीय फुटाउनेले सत्ता पक्षलाई अपहरणको आरोप ?
नारायण वली
प्रकाशित २०७८ साउन २१ बिहिबार
2.2k
Shares
रुपन्देही । लुम्बिनी प्रदेशको राजनीति यतिवेला निकै गर्मागर्मी अवस्थामा पुगेको छ । सत्ता पक्ष र प्रतिपक्षको आरोप प्रत्यारोपले प्रदेश नागरिक अलमलमा परेका छन् ।
उसो त, झन् केही समय यता एकपछि अर्को सांसद गायव हुने प्रवृत्तिले एकअर्कालाई आरोप लगाएर धुमिल राजनीतिको आहल खेल्न व्यस्त छन् दुवै पक्ष ।
यसैक्रममा एक सातासम्म गुमनाम भएकी लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री बुधवार एक्कासी माओबादी केन्द्रको पार्टी सम्पर्कमा पुगेपछि उत्पन्न राजनीतिले संसदीय मर्यादाको खिल्ली उडाएको छ ।
सम्पर्क बिहिन भएकी सांसद खत्रीले बिहिवार बुटवलमा पत्रकै सम्मेलनको आयोजना गरी आफु आजसम्म गुमनाम हुनुको कारणसहित स्पष्ट पर्दा, उनले साउन १५ गते देखि २० गते सम्म सत्ता पक्षले मुख्यमन्त्री शंकर पोख्रेलको निवासमा बन्धक बनाएर राखेको बताइन ।
तर, त्यसलाई चोख्याउँदै मुख्यमन्त्री पोखरेलले विहीबार आज करिव ८ वजेतिर सामाजिक संजालमा स्टाटस लेख्दै भनेका छन्, दुई जना माननीयलाई फकाएरु राजीनामा गराउन सक्ने, ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजना माननियलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई अपहरणुको आरोप पनि लगाएछ । ८७ सदस्यीय प्रदेशसभा कसका कारणले ८० सदस्यमा झर्यो ? इतिहासले उत्तर अवश्य खोज्ने छ । भनि प्रतिपक्ष माथि उल्टै जंगिएका छन् ।