arrow

किशोर कुमारकी मधुबाला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
madhubala.jpg

काठमाडौँ । बलिउडकी प्रख्यात अभिनेत्री मधुबालाले सन् १९४२ मा फिल्म 'बसन्त'मा बालकालकारको रूपमा अभिनय गरेकी थिइन् । उनी सन् १९४७ मा प्रदर्शित फिल्म 'नीलकमल' पहिलो पटक अभिनेत्रीको रूपमा काम गरिन्।
 
'नीलकमल' का निर्माता-निर्देशक केदार शर्माको हुन् । सन् १९४९ मा बम्बे टाकीजको ब्यानरमा, निर्माता अशोक कुमारको फिल्म 'महल' मधुबालाको फिल्मि करियरमा महत्त्वपूर्ण फिल्म साबित भयो । 'फागुन', 'हावड़ा ब्रिज', 'काला पानी' र 'चलती का नाम गाड़ी' जस्ता फिल्मले मधुबालालाई प्रख्यात बनायो । मधुबालालाई थुप्रे अभिनेताहरुले विवाह गरेन चहान्थे । 

यीनै मधुबालासँग किशोर कुमारले विवाह गरे । उनले चार जनासँग विवाह गरेका थिए । उनले पहिलो पटक १९५१ मा अभिनेत्री रुमा गुहासँग विवाह गरे। सो समय किशोर कुमारको बलिउडमा कुनै चर्चित थिएन। उनीहरूको विवाहको आठ वर्ष पछि १९५८ मा सम्बन्ध विच्छेद भयो। यसको पछाडिको कारण मधुबाला थिइन्।

विवाहित किशोर कुमार ती दिनमा मधुबालाको प्रेममा परे। किशोर कुमारले मधुबालालाई प्रस्ताव गरेको बेला उनी उपचारको लागि विदेश जाँदै थिइन्। किशोर कुमारले  रुमासँग सम्बन्ध विच्छेद गरेर केही समयपछि मधुबालासँग विवाह गरे । उनले आफ्नो धर्म परिवर्तन गरेर इस्लाम धर्म अपनाए। किशोर कुमारले आफ्नो नाम करीम अब्दुल राखेका थिए। यद्यपि किशोर कुमारका परिवारका सदस्यहरूले उनीहरूको सम्बन्धलाई कहिले पनि स्विकारेनन्। किशोर कुमारको यो विवाह पनि असफल भयो। मधुबालाको मुटुको प्वालको कारण मृत्यु भयो भने र किशोर कुमार एक्लै भए।

मधुबालाको मृत्यु पछि योगीता बाली किशोर कुमारको जीवनमा आइन्। उनीहरूबिच पहिले प्रेममा भयो र त्यसपछि विवाह गरे। उनीहरूको १९७६ मा बिहे भयो। समय बितेसँगै दुवैको सम्बन्धमा दरार आउन थाल्यो । १९७८ मा दुवैले सम्बन्ध विच्छेद गरे। योगिताले पछि मिथुन चक्रवर्तीसँग विवाह गरिन्।

योगिताबाट सम्बन्ध विच्छेद पछि अभिनेत्री लीना चन्द्रवरकरले किशोरको जीवनमा प्रवेश गरिन्। चौथो र अन्तिम पटक १९८० मा, किशोर कुमारले लीनासँग विवाह गरे जसको उनीहरूसँग एक छोरा सुमित कुमार छन्। लीना र किशोर बिच २१ वर्षको भिन्नता रहेको थियो। यो विवाह किशोर कुमारको अन्त्यसम्म चलेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ