ओलम्पिक पदक : चीनको अग्रता, अमेरिका पछ्याउँदै र बेलायतको सुधार
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
1.2k
Shares
काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा पदक दौडमा चीनको अग्रता जारी रहेको छ। चीन ३२ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ। चीनलाई अमेरिका र जापानले पछ्याइरहेका छन्।
अहिलेसम्म चीनले कुल ६९ पदक हासिल गरेको छ। उसले २२ रजत र १६ कांस्य पदक जितिसकेको छ। दोस्रो स्थानमा रहो अमेरिकाको २५ स्वर्ण रहेको छ। उसले ३१ रजत र २३ कांस्य हात पारेको छ। तेस्रो स्थानमा रहेको आयोजक जापानले २१ स्वर्ण ७ रजत र १२ कांस्य जितेको छ।
चौथो स्थानमा रहेको बेलायतले १५ स्वर्ण, १८ रजत र १५ कांस्य पदक रहेको छ भने पाँचौँ स्थानमा रहेको अष्ट्रेलियाको १५ स्वर्ण ४ रजत र १७ कांस्य रहेको छ। त्यसैगरि आरओसी १४ स्वर्ण, २१ रजत र १८ कांस्यसहित छैटौँ स्थानमा रहेको छ।
मंगलवारसम्म बेलायत छैठौं स्थानमा रहेको थियो र एकदिनमा उसले दुई स्थान फड्को मार्दै चौथो स्थानमा पुगेको हो।
सातौं स्थानमा जर्मनी ९ स्वर्ण ८ रजत र १६ कांस्य सहित रहेको छ। फ्रान्स, इटली र नेदरल्याण्ड्स ६-६ स्वर्ण सहित क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा रहेका छन्।
टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८५ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।