arrow

उपेन्द्र यादवको पार्टीमा सबैतिर यादव !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २० बुधबार
upendra-yadav-election-commission-jasapa.jpg

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्रका सबै संरचनामा यादववाद लागु गरेका छन् । यद्यपि यादवको पार्टीले सुरुदेखि नै समावेशी सिद्धान्तलाई पार्टीको मूल सिद्धान्त मान्दै आएको छ । 

राज्यको हरेक निकायमा समावेशी र समानुपातिक प्रतिनिधित्वको माग गर्दै यादवले २०६४ साल देखि आन्दोलन गर्दै आएका छन् । यस क्रममा मधेसमा दुई वटा ठुला-ठूला आन्दोलन भए । प्रतिनिधि सभामा जसपाका २० जना सांसद छन् । तीमध्ये  ९ जना सांसद यादव समुदायका मात्र छन् ।

यादव समुदायका सांसदहरूमा उपेन्द्र यादव, महेन्द्र यादव, राज किशोर यादव, रेणु यादव, रामसहाय यादव, सुरेन्द्र यादव, सूर्यनारायण यादव, रामबाबु यादव र प्रदीप यादव छन् ।  

महन्थ ठाकुर पक्षका दुई यादव समुदायका सांसद महेन्द्र यादव र राज किशोर यादवले पनि कित्ता परिवर्तन गरी उपेन्द्र यादवतिर लागेका छन् । यसबाट उपेन्द्र यादवको पार्टीमा यादव समुदायको प्रतिनिधित्व गर्ने अरू दुई जना सांसद थपिएका छन् । 

यसै गरी राष्ट्रिय सभामा जसपाका दुई सांसदमध्ये दुई जानै यादव समुदायका छन् । राष्ट्रिय सभामा जसपाबाट मृगेन्द्रसिंह यादव र प्रमीला यादवले प्रतिनिधित्व गरेका छन् ।

प्रदेश २ मा  जसपाका ३३ सांसद मध्ये १५ सांसद यादव समुदायका छन् । यादव समुदायका प्रदेश सांसदहरूमा जयराम यादव, अभिषेक यादव, विजय यादव, सैलेन्द्रकुमार यादव, रामआशिष यादव, ज्ञानेन्द्र यादव, कौशल यादव, अशोक यादव छन् । 

यसै गरी सञ्जय यादव, योगेन्द्र यादव, राम किशोर यादव, उषा यादव, उपमा कुमारी यादव, भिमा यादव र किरणकुमारी राय यादव पनि यादव समुदायबाट प्रदेश २ का सांसद हुन् । 

जसपाको कार्यकारिणी समितिमा पनि यादवहरूकै बाहुल्यता छ । उपेन्द्र यादव, महेन्द्र यादव, राज किशोर यादव, रेणु यादव, रामसहाय यादव, मृगेन्द्रसिंह यादव, रमेश यादव, गजाधर यादव, रामनरेश राय यादव, विजय यादव लगायतका यादव समुदायका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ