arrow

मस्तिष्कघात भएका पोखराका मेयर जिसी अस्पतालबाट डिस्चार्ज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १९ मंगलबार
pokhata-mayour-gc.jpg

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी मङ्गलवार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मस्तिष्क घात भई काठमाडौँस्थित न्युरो अस्पतालमा १९ दिनदेखि उपचाररत मेयर जिसी डिस्चार्ज भएका हुन् ।

मेयर जिसीका सञ्चार संयोजक एवं नेपाल पत्रकार महासङ्घ कास्कीका सचिव माधव बरालका अनुसार मेयर जिसी अस्पतालबाट डिस्चार्ज भएर चिकित्सककै निगरानीमा रहनेछन् ।

उनी केही दिन काठमाडौँको बुढानीलकण्ठस्थित छोरीको घरमा रहने बरालले जानकारी दिए । 

मेयर जिसीको सचिवालयले उनको उपचारमा सघाउने र शुभेच्छा प्रकट गर्ने सबैप्रति आभार प्रकट गर्दै अझै केही साता भेटघाटका लागि कष्ट नगर्न आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ