arrow

दरबन्दी मिलान विरुद्ध शिक्षक सङ्घको रिले अनसन

logo
ईश्वर दत्त बडू
प्रकाशित २०७८ साउन १९ मंगलबार
relay-hunger-strike-kan.jpg

कञ्चनपुर। शिक्षक दरबन्दी मिलान कार्यविधि अनुसार नगरेको भन्दै सोमबारबाट नेपाल शिक्षक सङ्घ कञ्चनपुरले रिले अनसन सुरु गरेको छ । माग पूरा नभएकोले रिले अनसन सुरु गरेको नेपाल शिक्षक सङ्घ भीमदत्त नगर सभापति मदन बहादुर विष्टले बताएका छन्  ।

शिक्षक दरबन्दी मिलान नियम विपरीत गरिएको भन्दै भीमदत्त नगरपालिकामा साउन ३ गतेदेखि नेपाल शिक्षक सङ्घमा आबद्ध शिक्षकहरू धर्नामा बसेका थिए । शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ विपरीत कार्य गरिएको रिले अनसन थालेको विष्टले बताए । ‘शिक्षक दरबन्दी मिलान शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ विपरीत गरिएको हाम्रो ठहर छ ।’ उनले भने ‘नियम अनुसार संशोधन गरी दरबन्दी मिलान गरिनु पर्ने हाम्रो माग छ । संशोधन सहित पुनः दरबन्दी मिलान गरेमा हामी सहमत हुन्छौँ । उनले नेपाल शिक्षक सङ्घ दरबन्दी मिलानको पक्षमा रहेकोे बताउँदै गलत नीति विधि र प्रक्रियाको विरोध गरिएको अन्यथा नलिनुपर्ने बताए ।

भीमदत्त नगरपालिकाले बनाएको कार्यविधि आफैले कार्यान्वयन नगरी नगर प्रमुख र शिक्षा शाखा प्रमुखले कार्यविधि तथा नियम विपरीत आफ्ना मान्छे छानिछानी शिक्षक दरबन्दी मिलान गरेको नेपाल शिक्षक सङ्घले कञ्चनपुरले आरोप लगाएको छ ।

कार्यविधिको नियम कानुन विपरीत दरबन्दी मिलान गरेको नेपाल शिक्षक सङ्घ कञ्चनपुरका अध्यक्ष गणेश बहादुर चन्दले बताए । ‘भीमदत्त नगरपालिकाले शिक्षक दरबन्दी मिलान कार्यविधि विपरीत दरबन्दी मिलान गरेको छ ।’ अध्यक्ष चन्दले भने ‘शिक्षक दरबन्दी मिलान कार्यविधि अनुसार गरिनु पर्छ भनेर हामी रिले अनसनमा पनि बसेका छौ ।’ आफूहरूले आफ्ना मान्छे बचाइदिन भनेर तालाबन्दी र विरोध नगरेको नेपाल शिक्षक सङ्घ कञ्चनपुरका सचिव नवीन सिंह धामीले बताए । ‘हामीले हाम्रो मान्छे बचाइदिनु पर्‍यो भनेका छैनौँ, हामीले त नियम अनुसार दरबन्दी मिलान हुनु पर्‍यो भनेका छौ ।’

विद्यालयमा दरबन्दी मिलानका नाममा आफ्ना मान्छेको व्यवस्थापन गरिएको नेपाल शिक्षक सङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष बिर्खबहादुर मल्लले बताए । ‘विषयगत दरबन्दी मिलान गरिएको छैन ।’ उनले भने ‘ कहीँ एकै विषयको दुई जना छन् कहीँ एउटै शिक्षक पनि छैनन्, यो कस्तो मिलान हो ? यहाँ आफ्ना मान्छेलाई छानिछानी दरबन्दी मिलान गरेर विद्यालयको हित विपरीत काम गरेका छन् ।’ उनले दरबन्दी मिलानमा आफ्ना विरुद्ध भीमदत्त नगरपालिकाका प्रमुखसँग मिलेको गलत प्रचार गरेकोमा दुःख व्यक्त गरे ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टले दरबन्दी मिलान कार्यविधि अनुसार भएको र केही त्रुटि भए त्यसलाई छलफल गरी सच्चाउने बताएका छन् । ‘दरबन्दी मिलान नियमानुसार भएको छ । त्यस क्रममा केही त्रुटि भएका छन् होलान् ।’ उनले भने ‘हामी ती त्रुटिलाई छलफल गरी सच्चाएर जतिसक्दो चाँडो नेपाल शिक्षक सङ्घको माग सम्बोधन गर्छौ ।’

नेपाल शिक्षक सङ्घ कञ्चनपुरले शिक्षक दरबन्दी मिलान नियम विपरीत गरिएको भन्दै भीमदत्त नगरापालिका शिक्षा शाखामा साउन ३ गतेदेखि तालाबन्दी गरी धर्नानामा बसेका हुन् । कञ्चनपुर जिल्लामा २०५४ सालम शिक्षक दरबन्दी मिलान कार्य गरिएको थियो ।  २४ वर्षपछि दरबन्दी मिलान कार्य गरिए भए पनि विवादित बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ