arrow

मन्त्रीपरिषद्‌मा ‘पावर सेयरिङ’ फाइनल गर्दै देउवा : प्रचण्ड र उपेन्द्र बालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १८ सोमबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg

काठमाडौँ । मन्त्रीपरिषद् विस्तारबारे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गर्न छलफल थालेका छन् । 

बालुवाटार स्रोतका अनुसार अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्रीसँगको छलफलका लागि बालुवाटार पुगेका छन् । 

आज नै तीन शीर्ष नेताबिच छलफल गरेर मन्त्रालयमा पावर सेयरिङ र मन्त्रीहरूको नाम टुङ्गो लगाउने तयारी प्रधानमन्त्री देउवाको छ । मन्त्रालय कसले कति लिने भन्ने विषयमा पनि हालसम्म ठोस सहमति बनेको छैन । 

सम्भवतः मन्त्रीको सङ्ख्यामा सहमति बने आज नै नाममा टुङ्गो लगाएर भोलि मङ्गलवार मन्त्रीपरिषद् विस्तार गर्ने मुडमा प्रधानमन्त्री देउवा छन् । 

यसै गरी गठबन्धन आबद्ध दलका नेताहरू सम्मिलित कार्यदलले बनाएको सरकारको न्यूनतम साझा कार्यक्रमको ड्राफ्टका विषयमा पनि शीर्ष तहमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ