arrow

जसपा उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जानेः ओली सरकारमा गएकालाई मन्त्री नबनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १८ सोमबार
upendra-yadav-election-commission-jasapa.jpg

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ ।

जसपा उच्च स्रोतका अनुसार उपप्रधानमन्त्रीसहितको सात मन्त्रालय लिएर जसपा अध्यक्ष यादवकै नेतृत्वमा सरकारमा जाने लगभग पक्का भएको हो । सो विषयमा भोली अन्तिम निणर्य गर्ने जसपाको आन्तरिक तयारी छ ।

यादवले प्रधानमन्त्री शेरबहादुर देउवासँग परराष्ट्र मन्त्रालयसहित उपप्रधानमन्त्री पाए आफू नेतृत्व गर्दै सरकारमा सहभागी हुने भनेका छन् । जसपाले सरकारमा जाने अन्य मन्त्रीहरुको नाम पनि मंगलबार नै टुंगो लगाइने जनाएको छ ।

जसपाबाट महेन्द्र यादव, प्रदीप यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव मन्त्री बन्ने पक्का भएको स्रोतले जनायो । यसैगरी मन्त्रीका लागि ईस्तियाक राइ, रामसहाय यादव, सूर्य नारायण यादव, प्रमोद शाह र मृगेन्द्रसिंह यादव पनि मन्त्री बन्ने दौडमा छन् ।

जसपाले यसअघि केपी ओली नेतृत्वमा सरकारमा सहभागी भएका व्यक्तिहरुलाई भने यस पटक मन्त्री नबनाउने अनौपचारिक निणर्य गरेको एक नेताले जानकारी दिए । जसपाले मन्त्रीको नामबारे टुंगो लगाउन शीर्ष नेतृत्वलाई अनौपचारिक रुपमा जिम्मेवारी दिइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ