arrow

छिन्नमस्ता भगवतीको चोरी भएको चाँदीको मुकुट सहित चोर पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७८ साउन १८ सोमबार
Chhinnamasta-saptari-thief.jpg

जनकपुरधाम । प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चोरी भएको चाँदीको मुकुट (मस्तक)सहित चोर पक्राउ परेको छ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चोरी भएको चाँदीको मुकुट सोमबार भेटिएको छ । व्यापक खोजतलासको क्रममा सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर  ५ बस्ने राजेश कुमार मण्डलसँग उक्त मुकुट फेला परेको हो। 

चोरलाई सोमबार बिहान पक्राउ गरेपछि हिरासतमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ। आइतबार साँझ करिब  ७ः१५ बजेतिर मन्दिरबाट भगवतीको चाँदीको मुकुट चोरी भएको थियो ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएपछि ब्यापक प्रहरी परिचालन गरिएको थियो ।

घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली त्यहाँ पुगेको थियो । खोजी कार्यलाई तीव्रता दिएर चोरी भएको ठाउँसहित जिल्लाका भारतीय सीमानाका समेत बन्द गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ