arrow

उपेन्द्रले एक ठाउँमा बस्न दिएनन् अब पार्टी दुईवटा हुन्छ : महतो 

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ साउन १५ शुक्रबार
rajendra-mahato.JPG

जनकपुरधाम । पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले जसपा अध्यक्ष उपेन्द्र यादवले  एक ठाउँमा बस्न नमिल्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिएको बताएका छन्। शुक्रवार जनकपुरधाममा माता राजदेवी पार्कको उद्घाटन  गर्दै नेता महतोले एकता कमजोर पार्नेलाई मधेसका जनता आफैले दण्ड दिने बताए ।

उद्घाटन समारोहमा उनले भने, उपेन्द्र यादबको पार्टी फुट्न लागेको बेलामा हामी रातारात गएर बचाएको छौ। किनकि मधेसी जनता मधेसवादी दललाई एक हुनुपर्ने चाहना थियो । तर, उपेन्द्र यादव एक ठाउँमा बस्न नमिल्ने भन्दै निर्वाचन आयोगमा निवेदन दिए। जसपा दुई पार्टी मिलेर बनेको थियो । अब दुई वटा पार्टी नै रहन्छ ।' 

महतोले आफू १८ दिन मन्त्री हुँदा नागरिकता अध्यादेश ल्याएको, १ सय ४० जना माथि रहेको मुद्दा फिर्ता गराएको, संविधान संशोधनका लागि कार्यदल बनाएको बताए । उनले भने,' धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएको तीन वर्षमा जुन काम मैले गरेको छु त्यो काम ३० वर्षमा पनि कसैले गर्न सकेको छैन ।'  महतोले मधेसी जनताको दुःख हटाउनको ल्याएको नागरिकता अध्यादेश अदालतको बेइमानले कार्यान्वयन नभएको विचार राखे। 

अध्यक्ष यादव सत्तामा मात्र टाँसी रहन खोज्दै गरेकोले १८ महिना सरकारमा रहँदा पनि केही काम गर्न नसकेको उनले आरोप लगाए। उनले आफूहरूले गरेका कामलाई अब सरकारमा जान लागेका उपेन्द्र यादवले पूरा गरेर देखाइदिनुपर्ने भन्दै जेलमा रहेका रेसम चौधरीलाई रिहा गर्न माग गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ