arrow

देउवा, पौडेल र सिटौला छलफलमा : क्रियाशील र महाधिवेशन मितिबारे छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
deuba-poudel-sitaula.jpg

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच सदस्यता विवाद र महाधिवेशनबारे छलफल सुरु भएको छ । 

क्रियाशील सदस्यता विवाद र महाधिवेशनको मितिबारे प्रधानमन्त्रीसमेत रहेका देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक बसिरहेको हो । 

देउवाका सहयोगी भानु देउवाका अनुसार बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको सदस्यतामा देखिएका विवादका विषयमा शीर्ष तहबाट समाधानको प्रयास हुनेछ । हिजोको पदाधिकारी बैठकले यो जिम्मा शीर्ष तीन नेतृत्वलाई दिएको थियो । 

यसैगरी अधिवेशन स्थगित भइसकेको अवस्थामा अब कहिलेलाई मिति तोक्ने भन्ने विषयमा पनि छलफल हुँदै छ । 

तर, मन्त्रीपरिषद् विस्तारबारे भने बैठकमा छलफलको एजेण्डा नरहेको बताइएको छ । 

क्रियाशील सदस्यताका विषयमा भने बारा र सप्तरी जिल्लामा नयाँ क्रियाशील सदस्यताबारे जिल्लाभर नै विवाद छ । ती जिल्लाबाट ढिलो गरी विवरण आएको छानबिन समितिले जनाएको छ । 

यस्तै समितिले धनुषा-४ र सर्लाही-२ मा नयाँ क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधानको जिम्मा पनि शीर्ष नेतृत्वलाई नै दिएको छ । 

यसैगरी केही जिल्लामा समायोजनबाट आएका सदस्यतामा पनि विवाद छ । सदस्यता समयमा नटुङ्गिएपछि कांग्रेसले तल्ला तहका अधिवेशन स्थगित गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ