arrow

लक्ष्मी इक्विटी फण्डले दिने भयो ३५ प्रतिशत नगद लाभांश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
laxmi-capital-limited.jpg

काठमाडौँ। लक्ष्मी इक्विटी फण्डले आफ्ना शेयर धनीहरूलाई ३५ प्रतिशत नगद लाभांश दिने भएको छ। लक्ष्मी बैङ्क लिमिटेडले प्रवर्द्धन गरेको लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्डले लाभांश दिने भएको हो।

सञ्चालक समितिको ६८ औँ बैठकले आर्थिक वर्ष २०७७–७८ को लागि योजनाको इकाई धनीहरूलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराएको छ।

कोरोना महामारीमा अन्य आर्थिक क्षेत्रले ठुलो नोक्सानी बेहोरिरहेको भए पनि सेयर बजारमा भने उत्साह छाएको छ।

त्यस्तै, लक्ष्मी क्यापिटलले नै ब्यबस्थापन गरिरहेको सामुहिक लगानी कोष योजना 'लक्ष्मी उन्नति कोष' ले पनि लाभांश घोषणा गरेको छ। ६७औं संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि वितरण गरिने लाभांश घोषणा अनुसार कोषले इकाई धनीहरुलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने विज्ञप्ति मार्फत जानकारी गराएको छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ