काठमाडौँ । महात्मा विदुर धेरै दूरदर्शी र महान् विद्वान थिए। उनी महाभारतका एक महान् दार्शनिक र महत्त्वपूर्ण चरित्र हुन्। उनी पाण्डव र कौरवका काका थिए, तर उनी कसैको पक्षबाट युद्धमा सहभागी भएनन्। उनको स्वभाव एकदम सरल र शान्त थियो। त्यसैले उनी श्रीकृष्णलाई पनि प्रिय थिए।
मानव जीवनमा महात्मा विदुरको नीतिको ठुलो महत्त्व छ। विदुरले आफ्नो नीतिमा ६ वटा त्यस्ता कुराहरू उल्लेख गरेका छन् जसको स्वामित्व छ भने त्यो व्यक्ति धेरै भाग्यमानी हुनेछ। यस्तो व्यक्तिको जीवन आनन्दमय हुन्छ।
स्वस्थ शरीर
महात्मा विदुर भन्छन् जसको स्वास्थ्य ठिक छ त्यो व्यक्ति खुसी र धनी छ। रोगी व्यक्ति कमजोर ऊर्जाका कारण कुनै पनि काम ठिकसँग गर्न सक्दैनन्। जसको कारण ऊ धनोपार्जन गर्न सक्दैन। त्यस्तै जब व्यक्तिको स्वास्थ्य सही छ भने धनवान् र खुसी जीवन बिताउन सक्छ। यो पनि भनिएको छ पहिलो सुख निरोगी शरीर ।
आज्ञाकारी सन्तान
एक राम्रो र संस्कारी सन्तानले आमा बुबाको जीवनलाई सफल बनाउँदछ। यस्ता सन्तानले आमा बुबाको साथ पुरै कुलको नाम उच्चा गर्दछन्। विदुर भन्छन् जसका सन्तानहरू आज्ञाकारी र सुसंस्कृत छन् उनीहरू धेरै भाग्यमानी छन्।
मधुर वाणी
विदुर नीतिका अनुसार मधुर वाणी हुने व्यक्तिसँग सधैँ माता सरस्वतीको आशिष् हुन्छ। मीठो बोलीले व्यक्तिलाई जीवनमा प्रेम र सम्मान दुवै प्राप्त हुन्छ। यस्ता व्यक्तिहरूमा देवीदेवताहरूको आशीर्वाद रहन्छ, ती मानिसहरू धेरै भाग्यशाली हुन्छन्।
राम्रो आचरणकी महिला
महात्मा विदुरका अनुसार त्यो व्यक्ति धेरै भाग्यमानी हो जोसँग असल आचरण भएकी श्रीमति छिन्। असल आचरणकी महिलाले घरलाई स्वर्ग बनाउँछिन्। यस्तो व्यक्तिको सम्पूर्ण जीवन सुखमय रहन्छ ।
ज्ञान
विदुर नीति अनुसार ज्ञान एक सम्पत्ति हो जुन कसैले पनि चोर्न सक्दैन। ज्ञानले नै सङ्कटको समयमा व्यक्तिलाई जोगाउँछ । अर्थात् समस्याबाट निस्कन मद्दत गर्दछ। तसर्थ, जोसँग ज्ञान छ, उ धेरै भाग्यशाली हो ।