अफगान महिलाहरूका लागि फेरि अँध्यारो दिन सुरु, तालिबानद्वारा कब्जा गरिएको क्षेत्रमा नयाँ नियम लागु
एजेन्सी
प्रकाशित २०७८ साउन ११ सोमबार
902
Shares
तस्बिर : रोयटर्सबाट
काबुल। अफगानिस्तानमा नयाँ क्षेत्रहरू कब्जा गरेपछि तालिवानले अफगानिस्तानमा दमनकारी कानुन र प्रतिगामी नीतिहरू लागू गरिरहेको छ। उनीहरूले सन् १९९६ देखि सन् २००१ सम्मको नियमलाई फेरि लागु गर्न लागेका हुन्।
तालिबानी समूहले अफगान महिलाहरूका लागि सरिया कानुन लागु गर्न सुरु गरिएको हो। गन्धारामा एक लेख लेख्दै फरुड बेजान र मुस्तफा सरवरले तालिबानीले कब्जा गरेका इलाकामा बसोबास गरिरहेका दसौँ हजार अफगानी महिलाहरूको लागि दमनकारी उपायहरूको पुनः लागु गर्नु नयाँ कठोर वास्तविकता भएको बताएका छन्।
जब अफगानिस्तान तालिवानले शासन गर्यो तब महिलाहरूलाई शिरदेखि पाउसम्म छोपिने लुगाहरू लगाउन भनिएको छ। उनीहरूलाई घरको बाहिर काम गर्न प्रतिबन्ध लगाइएको छ।
बालिकाको शिक्षा सीमित भएको र महिलाहरूलाई घर छोडेर हिँड्दा पुरुष आफन्तको साथ आउनुपर्ने उक्त लेखमा उल्लेख गरिएको छ।