arrow

पत्रकारको कार्ड बोकेर लागूऔषध कारोबार गर्ने भारतीय नागरिकसहित तीन जना पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ९ शनिबार
bakee.jpg

नेपालगन्ज ।बाँकेमा पत्रकारको कार्ड बोकेर लागूऔषधको कारोबार गर्ने भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन् । बाँके प्रहरीले साउन ५ गते पक्राउ गरेको तीन जनालाई आज सार्वजनिक गरेको छ । ४३ ग्राम ब्राउन सुगरसहित उनीहरु पक्राउ परेका हुन् ।

नेपालगंज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा लागूऔषध ब्राउन सुगरको खरिद विक्री भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगंज तथा लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरी टोलीले भारतको लखनउ बस्ने २८ बर्षका मुस्तकिम सिद्दिकी, भारत वहराइचका २८ बर्षकै मो.सलमान खान र नेपालगञ्ज–११ टाँगा स्टेशन बस्ने २२ बर्षका आजाद कवडियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरी प्रबक्ता मधुसुदन न्यौपानेका अनुसार उनीहरु बसेको कोठाबाट ४३ ग्राम ब्राउन सुगर, ३ थान मोवाइल, दिल्ली क्राइम नेशनल न्यूजपेपर लेखेको सलमान खानको नाममा रहेको प्रेस कार्ड र डिजिटल काँटा (तराजु) १ थान सहित फेला पारी कानुन बमोजिम बरामद गेरर आवश्यक कारवाही एवम् अनुसन्धान अघि बढाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ