arrow

सूर्यविनायकको जङ्गलमा भेटियो मानव कङ्काल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ८ शुक्रबार
skeleton1.jpg
सांकेतिक तस्विर ।

भक्तपुर। सूर्यविनायक जङ्गलमा मानव कङ्काल फेला परेको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित जङ्गलमा रहेको काफलको रुखमुनि मानव कङ्काल फेला परेको हो । 

घटनास्थलमा प्रहरीले काफलको रुखको कापोमा पहेँलो नाम्लोसहित हरियो नाइलनको डोरी झुण्डिरहेको, सोही रुखमुनि मानव कङ्काल फेला परेको जनाएको छ । त्यसै गरी रातो रङको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो माटो लागेको कपडा यत्रतत्र छरिएर रहेको अवस्थामा कङ्काल फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीले हड्डीको परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । प्रहरी घटनास्थलबाट रातो रङ्गको म्याजिक चप्पल एक जोर, एडिड्यास लेखेको कालो ट्राउजर, कालो हुक, आधा बाहुला भएको सेतो टिसर्टसमेत बरामद गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ गिरीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ