arrow

नेपाली पस्मिना बेच्ने शिल्पा शेट्टीका पति यसरी बने अर्बौँका मालिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
silpa.jpg

काठमाडौँ । बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा चर्चित व्यापारी हुन् । नेपाली पस्मिनाबाट व्यापार सुरु गरेका व्यापारी कुन्द्रासँग अहिले अर्बैको सम्पत्ति रहेको छ । अश्लील चलचित्र बनाएको आरोपमा मुम्बई क्राइम ब्रान्चले सोमबार व्यापारी कुन्द्रालाई पक्राउ गरेको छ । 

श्रीमान् पक्राउ परेपछि शिल्पा शेट्टी पनि आफ्नो कार्यक्रम सुपर डान्सर को सुटिङमा गएकी छैनन्। कुन्द्रालाई तीन दिनसम्म प्रहरी हिरासतमा राखिएर अदालतमा पेस गरिनेछ। सन् २००९ मा राज कुन्द्राले पहिलो श्रीमती कवितासँग सम्बन्ध विच्छेद गरेर सोही वर्ष शिल्पासँग बिहे गरेका थिए। जसपछि उनले शिल्पा शेट्टीको नाममा परोपकारी ट्रस्ट पनि सुरु गरे। कुन्द्राले विभिन्न प्रकारका व्यवसायमा लगानी गरेका छन् । 

राज कुन्द्राका बुबा भारतको लुधियानाका बासिन्दा हुन् । उनी लुधियानाबाट लन्डन गएका थिए। राजको जन्म लन्डनमा भएको थियो र त्यही उनी हुर्किएका थिए। लन्डनमा  पुगेको वर्ष  कुन्द्राका बुबाले त्यहाँ  बस कन्डक्टरको रूपमा काम गर्थे भने आमा एक पसलमा काम गर्थिन् । पछि उनका बुबाले सानो व्यवसाय गर्न सुरु गरे।

राज कुन्द्राले आफ्नो पहिलो व्यवसाय नेपालको पस्मिना सलबाट गरेका हुन् । उनी १८ वर्षमा दुबई हुँदै नेपाल आएका थिए । उनले नेपाली पस्मिनालाई बेलायतमा लगेर बेच्ने गर्थे । यसबाट उनलाई ठुलो सफलता हात लाग्यो । सो समय नेपाली पस्मिना व्यापारीहरू माध्ये राज कुन्द्रा एक थिए । पहिलो व्यवसायको रूपमा उनले ब्रिटेनमा ठुला फेशन हाउसमा पस्मिना सल बेचे। 

त्यसपछि कुन्द्राले दुबईमा अत्यावश्यक जनरल ट्रेडिङग कम्पनी स्थापना गरे। उनको सो कम्पनी राम्रोसँग चल्यो, उनले बलिउड फिल्महरूको निर्माणमा पैसा लगानी गर्न सुरु गरे।

उनी होम सपिङ च्यानलको प्रवर्तक बने। सही च्यानलमा अक्षय कुमार पनि सँगै थिए। यसपछि उनले लाइभ स्ट्रिमिङग मिडिया एप ‘जल्दी लाइभ स्ट्रीम एप’ सुरु गरे। यस एपबाट प्रमोटरहरूको सामग्री प्रत्यक्ष प्रसारण गरिन्थ्यो ।

अश्लील चलचित्र र उनीहरूको व्यवसाय बिचको सम्बन्ध बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । भनिन्छ कुन्द्राले यसै प्रकारको लाइभ स्ट्रिमिङ एपमा अश्लील सामग्री लाइभ वा अफलाइन स्ट्रिट गर्न प्रयोग गर्थे । पस्मिना सलबाट व्यापार सुरु गरेका राज कुन्द्राको आज अरबौँ रुपैयाँ छ। उनले सतयुग गोल्ड, सुपर फाइट लिग र बाईसियन आतिथ्य रेस्टुरेन्ट चेनमा लगानी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ