arrow

मेमोरी किङले भने- म नेपाली हुँ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ५ मंगलबार
nawal-pajiyar.JPG

काठमाडौँ । गिनिज बुक अफ वर्ल्ड होल्डर (मेमोरी किङ) डा.नबल पजियारले आफू भारतीय नागरिक भएको भनी दुष्प्रचार गरिएको बताएका छन् । उनले नेपाली नागरिक भएको स्पष्ट पार्दै भारतीय नागरिक भनेर मान मर्दन गर्न खोजेको बताएका छन् । 

मङ्गलवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पजियारले राष्ट्रको नाम विश्वमा चिनाउन गरेको आफ्नो मेहनतमाथि गलत प्रचार प्रसार गर्दा अपमानित भएको र करियरमा नै असर गरेको बताए । ‘म माथि ठुलो घात भएको छ,’ पत्रकार सम्मेलनको क्रममा पजियारले भने, ‘मैले आफूलाई अपमानित र अन्याय भएको महसुस गरिरहेको छु ।’

उनले नेपाली भएर नेपालको मान सम्मान तथा प्रतिष्ठा विश्व सामु बढाउन पाउँदा निकै खुसी भएको भए पनि सञ्चार माध्यमहरूले आफूलाई नेपाली नागरिक नभएर भारतीय भएको गलत लेख्दा ज्यादै पीडा भएको बताए । उनले भने, ‘गलत समाचार प्रचार कसरी भयो नियाल्दै जाँदा अर्पण शर्माले पत्रकार सम्मेलन नै गरेर बिना प्रमाण मलाई भारतीय नागरिक भनेका रहिछन् ।’  

पत्रकार सम्मेलनमा डा.पजियारले आफ्नो शैक्षिक योग्यताको सर्टिफिकेट र आफू नेपाली भएको प्रमाणपत्र देखाउँदै भने, ‘अर्पण शर्माले मेरो बारेमा गलत प्रचार गरेर जनतालाई भ्रममा पारिदिए ।’ जनता र मिडियालाई सही वा गलत थाहा नभएकोले आज प्रमाणसहित उपस्थित भएको उनको भनाई थियो । पत्रकारले मेमोरी किङको अझ थप प्रमाण देखाउन आग्रह गरेपछि उनले डेमो समेत प्रदर्शन गरेका थिए ।

उनले समाचार बनाउँदा कुन कुरा सही हो वा गलत हो भनी बुझेर मात्र लेख्न पत्रकारलाई आग्रह गरे । पजियारले १९ डिसेम्बरमा २०२० मा १ मिनेटमा ५४ वटा वस्तुको स्मरण गरी विश्वका सम्पूर्ण विगतका रेकर्डहरू तोड्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ