काठमाडौँ। खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ। मेगा बैङ्क र खल्ती डिजिटल वालेटको स्पारो पे प्राइभेट लिमिटेबीच रेमिट भुक्तानी सेवाका लागि साझेदारी गर्ने सम्झौता भएको हो।
सम्झौता अनुसार, अब सर्वसाधारणहरूले मेगा रेमिटमार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम खल्ती डिजिटल वालेटबाट पनि प्राप्त गर्न सक्ने भएका छन्।
यसका साथै, बेलायत, अस्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, जोर्डन, कुवेत, युएई, मलेसिया, साउदी अरब र भारतबाट मेगा रेमिटमार्फत पठाएको रकम खल्तीमार्फत प्राप्त गर्न सकिनेछ।
नेपालभित्र पनि खल्तीमार्फत रकम पठाउन र प्राप्त गर्न सकिने व्यवस्था मिलाइएकोमा यो व्यवस्थाले मेगा बैङ्कको रेमिटेन्स सेवाको दायरालाई अझै फराकिलो बनाउँदै ग्राहकहरूमा थप सहजता प्रदान गर्ने मेगा बैङ्कले जनाएको छ।