arrow

देउवा सरकारलाई भारतको पहिलो उपहार १५० आईसीयु बेड 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३ आइतबार
nepal-indaia.jpg

काठमाडौं । भारतले कोभिड-१९ रोकथामका लागि नेपाललाई १५० आईसीयु बेड उपहार प्रदान गरेको छ। आइतबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीलाई सहयोग हस्तान्तरण गरेका हुन्।

केपी ओली नेतृत्वको सरकारको बहिर्गमन पछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भारतले प्रदान गरेको सहयोग संभवत यो नै पहिलो हो।

हस्तान्तरण समारोहमा राजदूत क्वात्राले अत्यावश्यक स्वास्थ्य पूर्वाधारमा भारतले नेपाललाई सहयोग गर्ने र महामारी व्यवस्थापनमा समग्र रूपमा भारतको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाए ।

मन्त्री कार्कीले भारत सरकारको प्रशंसा गर्दै कोभिडविरुद्धको लडाईमा प्राप्त सहयोग एक महत्वपूर्ण कोसेढुंगा हुने र यसले दुबै देशहरूले देखाएको अतुल्य सद्भभावलाई दर्शाउँदछ भने ।

भारतले महामारी सुरु भएयता अत्यावश्यक औषधी, आरटी–पीसिआर टेस्ट, भेन्टिलेटर लगायत अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराई भारतले नेपाललाई ६.५ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग प्रदान गरिसकेको छ ।

गत जनवरीमा भारतले उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड साथै भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप प्रदान गरिसकेको छ । त्यसका साथै एन्टिजेन परीक्षण सामाग्री, पीपीई, मास्क, एम्बुलेन्स तथा आइसीयु बेड लगायतका स्वास्थ्य सामाग्री पनि प्रदान गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ